Nepal Life

एनएमबी बैंकको मुनाफा १८.९४ प्रतिशतले बढ्यो, इपिएस २४ रुपैयाँ, अधिकाम्स सूचकमा सुधार

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Wed 09:06
एनएमबी बैंकको मुनाफा १८.९४ प्रतिशतले बढ्यो, इपिएस २४ रुपैयाँ, अधिकाम्स सूचकमा सुधार
Shikhar detail

काठमाडौं । एनएमबी बैकले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाशिक अवधिमा १८.९४ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । बैंकले तीन महिनामा एक अर्ब १४ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

NIMB

मुनाफामा सुधार सँगै प्रतिशेयर आम्दानीमा पनि सुधार देखिएको छ । समिक्षा अवधिमा  प्रतिशेयर आम्दानी २५ रुपैयाँ पुगेको छ । खुद व्याज आम्दानी एक अर्ब ९९ करोड रहेको छ । इम्पेरियल चार्ज घट्दा सञ्चालन मुनाफा बढेको छ ।

चुक्ता पूँजी १८ अर्ब ३६ करोड रहेको बैंकको जगेडा कोषमा १० अर्ब ८६ करोड पुगेको छ । समिक्षा अवधिमा बैंकले २ खर्ब ४६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ६ अर्ब कर्जा लगानी गरेको छ । बैंकले १० अर्ब रुपैयाँ भन्दा धेरै बरोइङ गरेको छ ।

पूँजीकोष अनुपात १२.९ प्रतिशत रहेको बैंकको कष्ट अफ फण्ड भने ५.७६ प्रतिशत रहेको छ । खराव कर्जा भने बढेको छ । बैंकको खराब कर्जा ३.६३ प्रतिशत रहेको छ । प्रतिशेयर नेटवर्थमा पनि सुधार हुँदै १६४ रुपैयाँ पुगेको छ ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया