Nepal Life

नबिल बैंकले गर्यो सर्वाधिक धेरै मुनाफा, तीन महिनामै २ अर्ब बढी नाफा, अधिकाम्स सूचकमा उल्लेख्य सुधार

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Wed 09:34
नबिल बैंकले गर्यो सर्वाधिक धेरै मुनाफा, तीन महिनामै २ अर्ब बढी नाफा, अधिकाम्स सूचकमा उल्लेख्य सुधार
National Life

काठमाडौं । बाणिज्य बैंकहरु मध्ये नविल बैंकले सर्वाधिक धेरै मुनाफा आर्जन गरेको छ । बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाशिक अवधिमा २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले गत वर्षको तुलनामा यस वर्ष ३९.९७ प्रतिशतले मुनाफा बढाउन सफल भएको हो । गत वर्ष बैंकले १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

NIMB

नविल बैंक पछि सबैभन्दा धेरै मुनाफा ग्लोबल आइएमई बैंकको एक अर्ब ५१ करोड रहेको छ । तेस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगाको एक अर्ब ४६ करोड रहेको छ । 

हेर्नुहोस् कुन बैंकको कति 

बैंकको सञ्चालन नाफा ३६.०९ प्रतिशतले बढोत्तरी हुँदा मुनाफा बढ्न पुगेको छ । गत वर्ष २ अर्ब १२ करोड रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले अहिले बढाएर २ अर्ब ८९ करोड रुपैयाँ पुर्याएको छ । यसअवधिमा बैंकको खुद ब्याज आम्दानी भने ०.८१ प्रतिशतले घटेको छ । 

यस बैंकको इम्पेयरमेन्ट चार्ज पनि घटेको छ । १ अर्ब ११ करोड रहेको उक्त चार्ज अहिले घटेर ४५ करोड ७७ लाखमा झरेको छ । यसले गर्दापनि बैंकको नाफा बढ्न टेवा पुगेको छ । नबिलको खराब कर्जा दर १.५८ प्रतिशत विन्दुबाट घटेर १.४२ प्रतिशतमा झरेको छ । 

हाल यस बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा ३० अर्ब ५ करोड रुपैयाँ जम्मा रहेको छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ ५२ पैसाले बढेर २९ रुपैयाँ ८३ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने २२९.४८ रुपैयाँ छ ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया