स्ट्याण्डर्ड चार्टर्ड बैंककोको प्रतिशेयर आम्दानी सर्वाधिक धेरै, जगेडामा ११ अर्ब नाघ्यो
- BFIS News
- 2024 Oct Wed 10:41
काठमाडौं । स्ट्याणर्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा ८६ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले गत वर्षको यहि अवधिमा ८२ करोड ७७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
खुद व्याज आम्दानी १५ प्रतिशतले घटे पनि इम्पेरयल चार्ज घट्दा बैंकको मुनाफामा सुधार देखिएको हो । समिक्षा अवधिमा बैंकले एक अर्ब १६ करोड रुपैयाँ खुद व्याज आम्दानी गर्दा अन्य शुल्क तथा कमिशन मार्फतको आम्दानी भने ७९ प्रतिशतले बढेर ४० करोड ५१ लाख रुपैयाँ आर्जन गरेको छ ।
चुक्ता पूँजी ९ अर्ब ४२ करोड रहेको बैंकको जगेडा कोषमा भने ११ अर्ब ३५ करोड रुपैयाँ नाघेको छ । असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब २३ करोड १३ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ५७ पैसा रहेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ४६ पैसा बढेर ३६ रुपैयाँ ५७ पैसा पुगेको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २२७ रुपैयाँ १३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १९.३८ गुणा रहेको छ।
९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोष पछिल्लो ३ महिनामा ७.७१ प्रतिशत बढेको छ। त्यस्तै, सो अवधिमा बैंकको निक्षेप ०.९३ प्रतिशत र कर्जा तथा सापटी १ प्रतिशत बढेको छ।
प्रतिक्रिया