सानिमा बैंकको मुनाफा ३९ करोड ९५ लाख, व्यवसाय विस्तारमा चनाखो
- BFIS News
- 2024 Oct Wed 11:05
काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमाशिक अवधिमा ३९ करोड ९५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको तुलनामा बैंकको मुनाफा २०.८० प्रतिशतले घटेको छ । गत वर्षको यहि अवधिमा बैंकको मुनाफा ४८ करोड २९ लाख रुपैयाँ थियो । कर्जा विस्तारमा एकदमै सुस्त देखिएको बैंकको खुद व्याज आम्दानीमा १३.२६ प्रतिशतले गिरावट आएको छ ।
समिक्षा अवधिमा बैंकले एक अर्ब ३२ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । जवकी गत वर्षको यहि अवधिमा एक अर्ब ५२ करोड रुपैयाँ आम्दानी गरेको छ । यस सँगै बैंकको खराव कर्जामा पनि बृद्धि भएको छ । समिक्षा अवधिमा ०.५९ प्रतिशत विन्दुले बढेर १.३८ प्रतिशत पुगेको छ । गएका वर्षमा सानिमा बैंक खराव कर्जामा निकै पछाडि थियो ।
तीन महिनाको अवधिमा बैंकले एक खर्ब ९९ करोड रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ६० अर्ब रुपैयाँ कर्जा विस्तार गरेको छ । जगेडा कोषमा ७ अर्ब ७३ करोड रहेको बैंकको चुक्ता पूँजी भने १३ अर्ब ५८ करोड पुगेको छ ।
प्रतिशेयर आम्दानी ११.७७ रुपैयाँ मात्रै रहेको हुँदा बैंकले व्यवसाय विस्तारमा ध्यान दिनु पर्ने देखिएको छ । बैंकको सिडी रेसियो ८०.१७ प्रतिशत छ । कोर क्यापिटल कम भएकाले पनि सिडी रेसियो तुलनात्मक रुपमा अरु बैंकको भन्दा बढि रहेको छ ।
प्रतिक्रिया