Nepal Life

मुक्तिनाथ विकास बैंकको वितरणयोग्य मुनाफा ५५ प्रतिशतले बढ्यो, इपिएस १६ रुपैयाँ, हरेक सूचकमा उल्लेख्य सुधार

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Wed 12:22
मुक्तिनाथ विकास बैंकको वितरणयोग्य मुनाफा ५५ प्रतिशतले बढ्यो, इपिएस १६ रुपैयाँ, हरेक सूचकमा उल्लेख्य सुधार
National Life

 

काठमाडौं । मुक्तिनाथ विकास बैंकले हरेक सूचकमा उल्लेख्य सुधार गर्न सफल भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाशिक अवधिमा बैंकले २३.१७ प्रतिशतले मुनाफा बढाउन सफल भएको हो । बैंकले समिक्षा अवधिमा २८ करोड १८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यसका साथै बैंकको वितरण योग्य मुनाफा ५५ प्रतिशतले बढेको छ ।

NIMB

बैंकले समिक्षा अवधिमा ६.३७ प्रतिशतले खुद व्याज आम्दानीमा सुधार गर्दै एक अर्ब ११ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा यस्तो आम्दानी एक अर्ब ४ करोड थियो ।

बैंकले चालु आर्थिक वर्षको तीन महिनासम्मा एक खर्ब १० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९४ अर्ब ७२ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ । बैंकको चुक्ता पूँजी ७ अर्ब ४ करोड रहेको छ भने जगेडा कोषमा ३ अर्ब १८ करोड रुपैयाँ जम्मा भइसकेको छ ।

बैंकको कष्ट अफ फण्ड ९.४२ प्रतिशतबाट ५.९९ प्रतिशतमा झरेको छ । त्यस्तै खराव कर्जामा भने निकै बृद्धि भएको छ । समिक्षा अवधिमा खराव कर्जा १.६७ प्रतिशत विन्दुले बढेर ३.१६ प्रतिशत पुगेको छ । आधार व्याजदर ८.२७ प्रतिशत रहेको छ । मुनाफामा सुधार सँगै प्रतिशेयर आम्दानी १६ रुपैयाँ पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ रहेको छ ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया