Nepal Life

एभरेष्ट बैंकको मुनाफा ४४ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी ३४ रुपैयाँ, हरेक सूचकमा अब्बल

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Wed 13:27
एभरेष्ट बैंकको मुनाफा ४४ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी ३४ रुपैयाँ, हरेक सूचकमा अब्बल
National Life

काठमाडौं । एभरेष्ट बैंकले जटिल परिस्थितिमा पनि आफुलाई अब्बल सावित गरेको छ । कर्जा विग्रिएर, उठ्नु पर्ने सावा व्याज नउडेर अन्य बैंकहरु हैरानमा पर्दा एभरेष्ट बैंकले भने सबै सूचकमा उल्लेख्य सुधार गर्न सफल भएको छ ।

NIMB

चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा बैंकले एक अर्ब १२ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको यहि अवधिमा ७८ करोड रुपैयाँ मात्रै मुनाफा आर्जन गरेको छ । अधिकाम्स बैंकहरुको खुद व्याज आम्दानी घटिरहदा एभरेष्टले भने १३.०८ प्रतिशतले बृद्धि गरेको छ । बैंकले तीन महिनामा २ अर्ब १३ करोड रुपैयाँ आर्जन गरेको छ । जसले गर्दा सञ्चालन आम्दानी र सञ्चालन मुनाफामा पनि सुधार देखिन्छ ।

बैंकले यस वर्ष पनि बोनस शेयर वितरण गरिसकेको छ । लाभांश वितरण पछि पनि बैंकको जगेडा कोष चुक्ता पूँजी भन्दा नाघिसकेको छ । हाल चुक्ता पूँजी १२ अर्ब ९४ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १३ अर्ब ५३ करोड जम्मा भएको छ ।

बैंकले तीन महिनाको अवधिमा २.२९ प्रतिशतले निक्षेप बढाएर ५.२६ प्रतिशतले कर्जा विस्तार गरेको छ । बैंकले २ खर्ब३७ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब ८७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

मुनाफामा सुधार सँगै प्रतिशेयर आम्दानी पनि बढेर ३४.८५ रुपैयाँ पुगेको छ । खराव कर्जामा थप सुधार देखिएको छ । हाल खराव कर्जा थप तल झरेर ०.७७ मा आइपुगेको छ । प्रतिशेयर नेटवर्थ भने २१९ रुपैयाँ छ ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया