कुमारी बैंकका शेयरधनीले पाए राहात, मुनाफा ३०८ प्रतिशतले बृद्धि, इपिएस १६ रुपैयाँ
- BFIS News
- 2024 Oct Wed 13:50
काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको सुरुवातमै चामत्कारिक प्रदर्शन गरेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा ३०८ प्रतिशतले मुनाफा बढाएको छ । असोज मसान्तसम्ममा बैंकले एक अर्ब ७ करोड करोड रुपैयाँ मुनाफा आर्जन गरेको हो ।
इम्पेरियल चार्ज घट्दा बैंकको मुनाफामा उल्लेख्य सुधार देखिएको हो । बैंकले समिक्षा अवधिमा २ अर्ब ८० करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत वर्षको यहि अवधिमा यस्तो आम्दानी तीन अर्ब ४ करोड थियो । इम्पेरियल चार्ज घट्दा सञ्चालन मुनाफा सँगै मुनाफामा सुधार देखिएको हो ।
बैंकको चुक्ता पूँजी २६ अर्ब २२ करोड रहेको छ भने जगेडा कोषमा १५ अर्ब ४५ करोड रुपैयाँ जम्मा भएको छ । समिक्षा अवधिमा बैंकले ४.२३ प्रतिशतले निक्षेप बढाउदै ३.९४ प्रतिशतले कर्जा विस्तार गरेको छ । यस अवधिमा बैंकले तीन खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ८३ अर्ब कर्जा परिचालन गरेको छ ।
बैंकको मुनाफामा बृद्धि भए सँगै प्रतिशेयर आम्दानी १६.४४ रुपैयाँ पुगेको छ । त्यस्तै खराव कर्जामा भने अझै पनि सुधार हुन बाँकी छ । यस पटक पनि खराव कर्जा सामान्य बृद्धि भएर ४.९६ प्रतिशत पुगेको छ । खराव कर्जा अधिक भएकाले वितरण योग्य मुनाफा भने अजै ऋणात्मक छ । बैंकलाई अवको ९ महिना खराव कर्जा घटाउने चुनौती रहेको छ । यदि खराव कर्जा घटाउन सकेन भने यस वर्षको नाफाबाट पनि शेयरधनी लाभांश पाउन बञ्चित हुने छन् ।
प्रतिक्रिया