सिटिजन बैंकलाई खराव कर्जाले सतायो, व्यवसाय बढ्दा पनि मुनाफामा पार्यो असर
- BFIS News
- 2024 Oct Wed 14:09
काठमाडौं । सिटिजन बैंकलाई खराव कर्जाले नराम्रो सँग असर पारेको छ । खुद व्याज आम्दानीदेखि लिएर बैंकिङ व्यवसायमा सुधार आउदा पनि इम्पेरियल चार्ज बढ्दा मुनाफामै प्रभाव पारेको छ । बैंकको मुनाफा ५० प्रतिशतले घटेर १९ करोड ८२ लाखमा झरेको छ ।
जवकी बैंकले समिक्षा अवधिमा ३.५६ प्रतिशतले खुद व्याज आम्दानी बढाउदै एक अर्ब ४९ करोड रुपैयाँ आर्जन गरेको छ । जसले गर्दा सञ्चालन आम्दानीमा १२ प्रतिशतले सुधार भएको छ । तर खराव कर्जा ५.४१ प्रतिशत पुग्दा प्रोभिजनिङ बढाउनु परेको छ । बैंकले आगामी महिनामा खराव कर्जा सल्टाउने हो भने मुनाफामा उल्लेख्य सुधार हुने निश्चित छ ।
बैंकले समिक्षा अवधिमा १.४१ प्रतिशतले निक्षेप बढाएको छ भने १.९७ प्रतिशतले कर्जा विस्तार गरेको छ । यस अवधिमा एक खर्ब ९१ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै एक खर्ब ५६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको चुक्ता पूँजी १४ अर्ब २० करोड रहेको छ भने जगेडा कोषमा ६ अर्ब ९३ करोड जम्मा भएको छ ।
बैंकको प्रतिशेयर आम्दानी ५.५८ रुपैयाँमा सिमित भएको छ । कष्ट अफ फण्ड ५.८४ प्रतिशतमा झरेको छ । निक्षेपको व्याजदर घटाउदा कष्ट अफ फण्ड घट्न पुगेको हो । त्यस्तै आधार व्याजदर पनि दोहोरो अंकबाट घटेर ७.९२ प्रतिशतमा झरेको छ ।
प्रतिक्रिया