राष्ट्रिय स्तरका विकास बैंकले बाणिज्य बैंक सँग प्रतिस्पर्धा गर्दै, मुनाफामा अव्बल
- BFIS News
- 2024 Oct Thu 06:57
काठमाडौं । राष्ट्रिय स्तरका विकास बैंकले कतिपय बाणिज्य बैंकको भन्दा राम्रो सुधार गर्न सफल देखिएका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा विकास बैंकहरु मध्ये सबैभन्दा धेरै मुक्तिनाथ विकास बैंकले २८ करोड १८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो मुनाफा राष्ट्रिय स्तरका चार बाणिज्य बैंकको भन्दा धेरै हो ।
त्यस्तै शाइन रेशुङ्ग बैंकले २३ करोड ९३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ भने गरिमाले २२ करोड ५७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । लुम्बिनी विकास बैंकले २० करोड १९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । जवकी यहि अवधिमा सिटिजन बैंकको २४ करोड ०६ लाख रुपैयाँ, कृषि विकास बैंकको १९ करोड, राष्ट्रिय बाणिज्य बैंकको १५ करोड मात्रै रहेको छ । अझ एनआइसी एशियाको ११ करोड ५ लाख रुपैयाँ रहेको छ । खराव कर्जा बढ्दा यि बाणिज्य बैंकको मुनाफा घट्न पुगेको हो ।
असोज मसान्तसम्म ८ वटा राष्ट्रियस्तरका विकास बैंकहरुले १ अर्ब ४२ करोड ९५ लाख रुपैयाँ नाफा कमाएका छन्। गत वर्ष सोही अवधिमा राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा १ अर्ब १० करोड ७५ लाख रुपैयाँ थियो ।
राष्ट्रियस्तरका ८ बैंकमध्ये महालक्ष्मी विकास बाहेक ७ बैंकले नाफा बढाएका छन्। ज्योति विकास बैंकको नाफा सबैभन्दा धेरै १९७.६० प्रतिशतले बढेकोे छ । दोस्रोमा धेरै नाफा बढाउनेमा कामना सेवा विकास बैंकको रहेको छ । जसको नाफा ४६ प्रतिशतले बढेको छ ।
असोज मसान्तसम्मको तथ्यांकको आधारमा सबैभन्दा धेरै नाफा गर्नेमा मुक्तिनाथ विकास बैंक छ । मुक्तिनाथले २८ करोड १८ लाख रुपैयाँ खुद नाफा गरेको छ । मुक्तिनाथ विकास बैंकको नाफा २३.१७ प्रतिशतले बढेको हो ।
यसपछि उच्च नाफा गर्नेमा शाइन रेसुङा विकास बैंकले २३ करोड ९३ लाख नाफा गरेको छ । यस्तै गरिमा विकास बैंकले २२ करोड ५७ लाख , लुम्बिनीले २० करोड १९ लाख, कामना सेवाले १७ करोड ४९ लाख, ज्योतिले १५ करोड ११ लाख, महालक्ष्मीले ९ करोड ४२ लाख रुपैयाँ नाफा कमाएका छन् ।
सबैभन्दा कम नाफा कमाउने बैंक सांग्रिला डेभलपमेन्ट बैंकले ६ करोड १ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको नाफा २९ प्रतिशतले बढेको हो । सांग्रिलाले गत आर्थिक वर्षको सोही अवधिम्ममा ४ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
सबैको विकास बैंकको नाफा बढ्दा महालक्ष्मी विकास बैंकको नाफा भने १.१४ प्रतिशतले खुम्चिएको छ । छ । अघिल्लो वर्षको यही अवधिसम्म ९ करोड ५३ लाख नाफा आर्जन गरेको बैंकले यो वर्ष ९ करोड ४२ लाख मात्र नाफा कमाएको छ ।
प्रतिक्रिया