Nepal Life

लगानीकर्ताको सर्वाधिक रोजाइमा परेका फाइनान्सको वित्तीय अवस्थामा क्रमिक सुधार, हेर्नुहोस् कस्तो अवस्था कस्तो

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Thu 08:57
लगानीकर्ताको सर्वाधिक रोजाइमा परेका फाइनान्सको वित्तीय अवस्थामा क्रमिक सुधार, हेर्नुहोस् कस्तो अवस्था कस्तो
National Life

काठमाडौं । दोस्रो बजारमा लगानीकर्ताको सर्वाधिक रोजाइमा पर्दै आएका फाइनान्स कम्पनीहरुले आफ्नो वित्तीय अवस्थामा क्रमिक रुपमा सुधार गर्न थालेका छन् । खराव कर्जाबाट थिलिएका अधिकाम्स फाइनान्स कम्पनीहरु लाभांश दिन सक्ने अवस्थामा छैनन् । लाभांश दिन नसके पनि मुनाफामा भने सुधार गर्नुले आगामी वर्षमा यि संस्थाले आकर्षक लाभांश दिन सक्ने प्रक्षेपण गरिएको छ ।

NIMB

चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा सबैभन्दा धेरै मुनाफा मञ्जुश्री फाइनान्सले गरेको छ । फाइनान्सले तीन महिनामै ९ करोड ३८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको हो । संस्थाले १३.४३ प्रतिशतले मुनाफा सुधार गरेको छ भने प्रतिशेयर आम्दानी २७.८९ रुपैयाँ छ । संस्थाको खराव कर्जा पनि अन्य फाइनान्सको तुलनामा नियन्त्रणमै देखिन्छ । खराव कर्जा ३.१२ प्रतिशत छ । यस हिसावले संस्थाले यस वर्ष लाभांश दिन सक्ने देखिन्छ ।

दोस्रो धेरै मुनाफा गर्नेमा प्रोग्रेसिभ फाइनान्स रहेको छ । फाइनान्सले तीन महिनामै ८ करोड ९ लाख रुपैयाँ मुनाफा आर्जन गर्दै प्रतिशेयर आम्दानी ३८ रुपैयाँ कायम राखेको छ । गत वर्ष नोक्सानमा रहेको प्रोग्रेसिभले यस वर्ष भने राम्रै संकेत देखाएको छ । यद्यपी खराव कर्जा भने ७.४७ प्रतिशत छ । जसले गर्दा संस्थाले लाभांश दिन सक्ने छैन । अवको ९ महिनामा संस्थाले खराव कर्जा सल्टाउन तिर लाग्नु पर्ने देखिन्छ ।

तेस्रो धेरै नाफा गर्ने जानकी फाइनान्सको प्रतिशेयर आम्दानी भने सबैभन्दा रहेको छ ।  तीन महिनामा ६ करोड ९० लाख रुपैयाँ मुनाफा आर्जन गरेको जानकी फाइनान्सको प्रतिशेयर आम्दानी ४० रुपैयाँ छ । नाफा राम्रो गरे पनि खराव कर्जा भन्दा सबैभन्दा धेरै ३४.६४ प्रतिशत छ ।

बुधबार दोस्रो बजारमा सर्किट लागेको आइसिएफसी फाइनान्सले यस त्रैमाशमा आकर्षक मुनाफा आर्जन गरेको छ । फाइनान्सले ६ करोड ८८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । जुन गत वर्षको भन्दा ६३३ प्रतिशत बढि हो । मुनाफा सँगै प्रतिशेयर आम्दानी पनि २३ रुपैयाँ पुगेको छ । खराव कर्जा पनि नियन्त्रणमा छ । हाल खराव कर्जा ३.६६ प्रतिशत मात्रै रहेकाले लाभांश दिन सक्ने राम्रो अवस्था छ ।

गएको वर्ष नोक्सानमा रहेको गुडविल फाइनान्सले यस वर्ष पनि सुरुमै राम्रो प्रस्तुती देखाएको छ । फाइनान्सले ४ करोड ९५ लाख रुपैयाँ मुनाफा आर्जन गर्दै प्रतिशेयर आम्दानी २० रुपैयाँ कायम राखेको छ । खराव कर्जा भने ४.९१ प्रतिशत छ । ५ प्रतिशत भन्दा कम रहेकाले लाभांश दिन सक्ने क्षमता राख्दछ ।

सेन्ट्रल फाइनान्स पनि यस वर्ष नाफामा देखिएको छ । गत वर्ष नोक्सानमा रहेको फाइनान्सले यस वर्ष ४ करोड ९५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । प्रतिशेयर आम्दानी भने २० रुपैयाँ छ । खराव कर्जा भने ८.७१ प्रतिशत छ ।

दिपेन्द्र अग्रवालले गएको वर्ष शेयर बजारमा खेलेको गोर्खाज फाइनान्सको मुनाफा ६० प्रतिशतले घटेको छ । फाइनान्सले २ करोड ४२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । प्रतिशेयर आम्दानी ११ रुपैयाँ छ । खराव कर्जा पनि १३ प्रतिशत नाघेको छ । मल्टीपर्पस फाइनान्सले तीन महिनामा एक करोड ४७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । श्री इन्भेष्टमेन्ट सामान्य नाफामा देखिएको छ ।

यस बाहेक वेष्ट फाइनान्स, नेपाल फाइनान्स, पोखरा फाइनान्स, रिलायन्स फाइनान्स र गुहेश्वरी मर्चेन्ट नोक्सानमा देखिएका छन् । यस वर्ष ७ वटा नोक्सानमा देखिएकोमा यस वर्ष ५ वटा नोक्सानमा छन् । नाफामा हुनेहरुले बढाएका छन् ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया