अवैध रुपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको मुद्रासहित पक्राउ

  • BFIS News
  • 2023 Aug Thu 18:38
अवैध रुपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको मुद्रासहित पक्राउ

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको १ सय दरको ३१ थान, २० दरको ५ थान गरी जम्मा ३ हजार २ सय अमेरिकी डलर र १ हजार दरको ३ सय थान, ५ सय दरको ११ सय थान गरी ८ लाख ५० हजार नेपाली रुपैयाँसहित फिलिपिन्सका नागरिक ३२ वर्षीय  ARSENIO JR. MESA लाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका उनलाई बिमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा प्रहरीले जाँच गर्ने क्रममा उक्त मुद्रासहित फेला पारी पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया