आशा लघुवित्तले मंसिर ७ गते डाक्यो साधारणसभा, कहिलेसम्म शेयर किन्नेले पाउलान् १५ प्रतिशत लाभांश
- BFIS News
- 2024 Oct Thu 11:22
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले आगामी मंसिर ७ गते आठौ वार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाले उग्रचण्डी, बनेपा-७, काभ्रेपलाञ्चोकमा दिउँसो ३ बजे सधारणसभा आयोजना गर्ने तय गरेको हो ।
संस्थाले सभामा १४.२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । साथै, अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ ।
सभा प्रयोजनका लागि संस्थाले कात्तिक २५ गते बुक क्लोज गर्ने भएका छ । कात्तिक २१ गतेसम्म कायम सेयरधनीले लाभांश हात पार्न सक्नेछन् । कात्तिक २२ गते सार्वजनिक विदा गरेको छ । २३ गते शुक्रबार र २४ गते शनिबार पर्ने हुँदा त्यस दिन सेयर बजार खुल्दैन । त्यसैले कात्तिक २१ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
प्रतिक्रिया