नेशनल लघुवित्तको घोषणा गर्यो लाभांश, शेयरधनीले पाउने भए १४.२५ प्रतिशत बोनस शेयर
- BFIS News
- 2024 Oct Fri 11:09
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाले यस पटक शेयरधनीलाई नगद र बोनस शेयर बरावर वितरण गर्ने भएको छ ।
संस्थाको कात्तिक ८ गते बसेको सञ्चालक समिति बैठकले १४.२५ प्रतिशत बोनस सेयर र कर तर्न ०.७५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । उक्त प्रस्ताव यस नेपाल राष्ट्र बैंक र यस संस्थाको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।
आर्थिक वर्ष २०७९/८० मा यस संस्थाले सेयरधनीलाई ७.५ प्रतिशत बोनस सेयर र ७.५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।संस्थाले हरेक वर्ष शेयरधनीलाई लाभांश दिदै आएको छ । संस्थाले कुनै समय ८० प्रतिशतसम्म लाभांश दिएको थियो । नेपाल राष्ट्र बैंकले कडाइ गर्नु अगाडीसम्म संस्थाले शेयरधनीलाई बम्पर लाभांश दिदै आएको थियो । तर पछिल्ला केहि वर्षदेखि राष्ट्र बैंकले लाभांश वितरणमा प्रतिवन्ध लगाउदै गर्दा संस्थाको जगेडा कोष भने बलियो बन्दै गइरहेको छ ।
प्रतिक्रिया