Nepal Life

विदेशी व्यवस्थापनले अब्बल बन्दै स्ट्याण्डर्ड चार्टर्ड, एभरेष्ट र नेपाल एसबिआइ बैंक, क्राइसिस म्यानेजमेन्टमा ठुलो साथ

Global Ime detail Page
  • अरुण सापकोटा
  • 2024 Oct Fri 13:52
विदेशी व्यवस्थापनले अब्बल बन्दै स्ट्याण्डर्ड चार्टर्ड, एभरेष्ट र नेपाल एसबिआइ बैंक, क्राइसिस म्यानेजमेन्टमा ठुलो साथ
National Life

काठमाडौं । दोस्रो बजारमा तीन विदेशी लगानीका बैंकहरु स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल एसबिआइ बैंक र एभरेष्ट बैंकको शेयरमा लगानीकर्ताको सबैभन्दा धेरै आकर्षण छ । जसले गर्दा तीन वटैको शेयर मूल्य पनि सबैभन्दा माथि छ ।  

NIMB

दोस्रो बजारमा बाणिज्य बैंकहरु मध्येको सबैभन्दा महंगो स्ट्याण्डर्ड चार्टको ६९२ रुपैयाँ छ । त्यस्तै एभरेष्ट बैंकको ६०१ रुपैयाँ छ भने नेपाल एसबिआइको ५३० रुपैयाँ छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाशिक अवधिमा तीन वटैको व्यालेन्स सिट एकदमै राम्रो देखिएको छ । प्रतिशेयर आम्दानीदेखि लिएर हरेक सूचकमा अगाडी देखिएका यि तीन वटा बैंकको वित्तीय अवस्थालाई यहाँ विश्लेषण गर्न खोजिएको छ ।

चुक्ता पूँजी तथा जगेडा कोष

तीन बाणिज्य बैंकहरु मध्ये एभरेष्ट बैंकको चुक्ता पूँजी सबैभन्दा माथि छ । एभरेष्टले पछिल्लो समय नेपाली प्रमुख कार्यकारी अधिकृत भित्र्याएर अन्य बैंकहरु जस्तै प्रतिस्पर्धी बनाइरहेको छ । बैंकले हरेक वर्ष नगद सँग बोनस शेयर पनि दिइरहेकाले चुक्ता पूँजी १२ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । बैंकको पूँजी भन्दा जगेडा कोष बढि रहेको छ । त्यस्तै पूँजीका हिसावले सबैभन्दा कम स्ट्याणर्डर्ड चार्ट बैंक छ । बैंकको चुक्ता पूँजि ९ अर्ब ४२ करोड मात्रै छ । यद्यपी जगेडा कोषमा भने निकै राम्रो रकम ११ अर्ब ९८ करोड रुपैयाँ जम्मा भइसकेको छ ।

नेपाल एसबिआइ बैंकको चुक्ता पूँजी १० अर्ब ५० करोड छ । भने जगेडा कोषमा ७ अर्ब ९२ करोड मात्रै छ । बैंकको जगेडा कोष अन्य बैंकको तुलनामा निकै कम देखिएको छ ।

निक्षेप तथा कर्जा लगानी

निक्षेप र कर्जा विस्तारमा स्ट्याण्डर्ड चार्टर्ड निकै पछाडी छ । बैंकको प्रमुख आम्दानी नियमित बैंकिङ भन्दा पनि शुल्क तथा कमिशन नै हो । स्ट्याण्डर्डले एक अर्ब १३ करोड निक्षेप संकलन गरी ८१ अर्ब ९५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । कर्जा तथा निक्षेपमा एभरेष्ट बैंक भने आक्रामक देखिएको छ । बैंकले २ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ८७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । त्यस्तै नेपाल एसबिआइ बैंकको भने एक खर्ब ८१ अर्ब निक्षेप तथा एक खर्ब २८ अर्ब कर्जा लगानी छ ।

व्याज आम्दानी तथा मुनाफा

तीन वटै बैंकको आम्दानीको एउटा प्रमुख स्रोत भनेको शुल्क तथा कमिशन हो । यस तर्फ स्ट्याण्डर्ड अगाडी छ । यद्यपी कर्जा विस्तार गरेर सबैभन्दा धेरै खुद व्याज आम्दानी एभरेष्ट बैंकको २ खर्ब १३ अर्ब रुपैयाँ छ । त्यस्तै नेपाल एसबिआइको एक खर्ब ३४ अर्ब रुपैयाँ छ भने स्ट्याण्डर्ड चार्टर्डको एक अर्ब १६ करोड मात्रै छ । जवकी सञ्चालन आम्दानी हेर्यो भने स्ट्याण्डर्डको सबैभन्दा धेरै २ अर्ब ६७ करोड छ । बैंकले नेपालको बैंकिङ प्रणालीलाई अन्तर्राष्ट्रिय जगतमा पुर्याइरहेको छ ।

मुनाफा तर्फ हेर्ने हो भने एभरेष्ट सबैभन्दा अगाडी छ । एभरेष्टले एक अर्ब १२ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । जवकी स्ट्याण्डर्डको मुनाफा ८६ करोड २२ लाख रहेको छ । त्यस्तै नेपाल एसबिआइको मुनाफा ८१ करोड १४ लाख छ ।

प्रतिशेयर आम्दानी तर्फ हेर्ने हो भने स्ट्याण्डर्डको सबैभन्दा धेरै ३६.५७ रुपैयाँ छ । त्यस्तै एभरेष्टको ३४.८५ रुपैयाँ हुँदा एसबिआइको ३१.०३ रुपैयाँ छ । यसले गर्दा तीन वटै विदेशी बैंकले नेपालमा उत्साहजनक बैंकिङ गरिरहेका छन् । खराव कर्जा हेर्ने हो भने तीन वटैको नियन्त्रणमा छ । सबैभन्दा धेरै एभरेष्ट बैंकले नियन्त्रण गरेको छ । जसले गर्दा खराब कर्जा ०.७७ प्रतिशत छ । यो बैंकहरु मध्येको सबैभन्दा कम हो । त्यस्तै स्ट्याण्डर्डको पनि १.९५ प्रतिशत र नेपाल एसबिआइको १.८४ प्रतिशत छ । नेटवर्थ हेर्दा स्ट्याण्डर्डको सबैभन्दा धेरै २२७ रुपैयाँ छ भने एभरेष्टको २१९ रुपैयाँ छ । एसबिआइको १९३ रुपैयाँ छ ।  

तीन वटै बैंकको उच्च व्यवस्थापनमा विदेशी बैंकहरुको संलग्ना छ । एभरेष्टले प्रमुख कार्यकारी अधिकृत बाहेक केहि पदमा पञ्जाव नेशनल बैंकको प्राविधिक सहयोग लिइरहेको छ । यसले बैंकका हरेक कुराहरुलाई मोनिटर गर्नुका साथै ट्रयाकमा ल्याउने काम गर्छ । अर्को एसबिआइमा पनि भारतकै एसबिआइको उच्च व्यवस्थापनले हेरिरहेको छ । अर्को तर्फ स्ट्याण्डर्डमा पनि भारतको शाखाले नेपालको बैंकलाई हेरिरहेको हुन्छ । जहाँ बैंकलाई हरेक दृष्टिकोणबाट अगाडी बढाउन विदेशी बैंकको सहयोग मलिरहेको छ । यसले गर्दा पनि नेपालका सरकारी बैंक तथा निजी स्तरका अन्य बैंक भन्द उल्लेखनीय हिसावले सञ्चालन गरिरहेका छन् । तीन वटै बैंकले नेपालको पछिल्लो समयको क्राइसिस म्यानेजमेन्टमा पनि आफुलाई ट्रयाकमा हिडाउन सक्नु आफैमा उदाहरणीय छ ।

अहिलेको अवस्थामा सबैभन्दा धेरै सरकारी लगानीका तीन ठुलो बाणिज्य बैंकहरु छन् । सहज अवस्थामा उल्लेखनीय काम गरेको देखिए पनि अहिलेको जटिल अवस्थामा ति बैंकहरुले टेक्निकल सपोर्टको आवश्यकता महशुस गरिरहेका छन् । जवकी कोभिड १९ पछिको आर्थिक मन्दी र सुस्त अर्थतन्त्रको असर बैंकिङ प्रणालीमा परिरहेको छ । जहाँ निजी स्तरका बाणिज्य बैंकहरुले पनि समस्या झेलिरहेका छन् । एकदमै राम्रो मानिएको सानिमा बैंकले पनि यस पटक खराव कर्जाको व्यवस्थापनमा उतार्न सकेन । नविल बैंक सहित केहि बैंकले आफुलाई सम्हालिरहेता पनि अन्य बैंकहरुलाई गाह्रो परिरहेको छ । हिजोका दिनमा आक्रामक बजार विस्तारमा उत्रिएको एनआइसी एशियाले अहिलेको क्राइसिसमा आफुलाई सम्हाल्न नसक्दा निकै पछाडि परेको छ । यसबाट पनि बैंकलाई प्राविधिक जनशक्ति आवश्यक पर्छ । जसले असहज अवस्थामा पनि आफुलाई उतार्न सक्छ ।

कुन बैंकको अवस्था कस्तो

एभरेष्ट बैंक 

स्ट्याण्डर्ड चार्टर्ड बैंक

नेपाल एसबिआइ बैंक

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया