शेयर धितोकर्जामा बैंकहरुको एक पछि अर्को आकर्षक अफर, ६.८६ % देखि १२.४२ % सम्म पर्ने, हेर्नुहोस् कुन बैंकमा कति
- BFIS News
- 2024 Oct Sat 07:29
काठमाडौं । शेयर बजारमा कारोबार लगानी लगानीकर्तालाई लक्षित गर्दै बैंक वित्तीय संस्थाले एक पछि अर्को आकर्षक शेयर धितोकर्जाका स्किमहरु सार्वजनिक गर्न थालेका छन् । बैंकिङ प्रणालीमा तरलता थुप्रिदै गए पछि बैंकहरुले शेयरधितो कर्जामा आफुलाई केन्द्रित गरिरहेका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार बैंक वित्तीय संस्थाले मार्जिन प्रकृतिको शेयर धितोकर्जा ९९ अर्ब भन्दा धेरै प्रवाह गरेका छन् । व्याजदर पनि तीन वर्ष यताकै कम रहेको राष्ट्र बैंकले जनाएको छ । शेयर धितो कर्जामा लगाउदै आएको लगाम हटाए सँगै २० लाख भन्दा माथि शेयर धितो लिने क्रम पनि बढेको छ । संस्थागत लगानीकर्ताहरुलाई शेयरधितो कर्जाको सिमा खारेज भए सँगै ठुलो परिणाममा कर्जा लिनेको संख्या बढेको हो ।
बैंक वित्तीय संस्थाले कार्तिक महिनाका लागि जारी गरेको व्याजदर अनुसार सबैभन्द कम नेपाल बैंकको छ । नेपाल बैंकले न्युनतम ६.८६ प्रतिशतको अफर गरिरहेको छ । शेयर धितो कर्जामा नेपाल बैंक एकदमै आक्रामक रुपमा अगाडी बढिरहेको छ । नेपाल बैंकले अन्य क्षेत्रमा अपेक्षाकृत कर्जा प्रवाह गर्न सकेको छैन । यसले गर्दा शेयर धितो कर्जामा अलि बढि फोकस भइरहेको छ । यसका लागि बैंकले स्किम तथा प्याकेज नै तयार पारेर शेयरधनीलाई आकर्षित गरिरहेको छ ।
दोस्रो नम्बरमा रहेको ग्लोबल आइएमई बैंकले पनि शेयरधितो कर्जालाई विशेष जोड दिदै आइरहेको छ । बैंकले न्युनतम ७.२९ प्रतिशतमै शेयरधितो कर्जा प्रदान गरिरहेको छ । तेस्रो नम्बरमा रहेको कृषि विकास बैंकले ७.३० प्रतिशतमा कर्जा प्रवाह गर्दै आइरहेको छ । प्राय आधार व्याजदर कृषि विकास बैंकको माथि रहदै आएकोमा यस वर्ष भने निकै तल झारेर सम्तो व्याजदरमा कर्जा प्रवाह गर्न सक्ने अवस्था निर्माण गरेको छ ।
शेयरधितो कर्जामा सिद्धार्थ बैंक पनि निकै अगाडी छ । बैंकले ७.५७ प्रतिशत व्याजदरमा कर्जा प्रवाह गरिरहेको छ । एक्सेल विकास बैंकले शेयर धितो कर्जामा बाणिज्य बैंकहरुलाई नै उछिनेको छ । बैंकले ७.६१ प्रतिशत व्याजदरमै अफर गरेको छ । राष्ट्रिय बाणिज्य बैंक पनि शेयरधितो कर्जामा अगाडि छ । बैंकले ७.६५ प्रतिशत व्याजदरमा कर्जा प्रवाह गरिरहेको छ । एभरेष्ट बैंकले ७.८० प्रतिशत व्याजदरमा अफर गर्दै लगानीकर्तालाई आकर्षिक गरिरहेको छ । नविल बैंकले भने ५० लाख भन्दा माथि र ५० लाख भन्दा कम कर्जा लिने शेयरधनीलाई छुट्टा छुट्टै व्याजदर निर्धारण गरेको छ । जसमा ५० लाख भन्दा माथिको कर्जा लिनेलाई ८.०२ प्रतिशत र ५० लाख भन्दा कम कर्जा लिनेलाई ८.२७ प्रतिशत व्याजदर निर्धारण गरेको छ ।
सबै बैंक वित्तीय संस्थाले शेयरधितो कर्जा प्रवाह गर्दैनन् । जसले कर्जा प्रवाह गर्छन् उनिहरुले यसका छुट्टा छुट्टै प्रोडक्ट नै डिजाइन गरेका हुन्छन् । बैंकहरुका लागि शेयरधितो कर्जा सबैभन्दा सुरक्षित क्षेत्र मानिन्छ । यदि कर्जा भन्दा शेयर भ्यालु कम हुन थाल्यो भने बैंकहरुले चुक्ता गर्न निर्देशन दिन्छन् । यदि ऋणीले नतिरेका खण्डमा शेयर नै बिक्री गरिदिन पाउछन् । यसले गर्दा बैंकहरुका लागि यस्तो कर्जा सबैभन्दा सुरक्षित कर्जा हो । जव जव व्याजदर घट्छ त्यतिवेला लगानीकर्ताहरु शेयरधितो कर्जा लिएर बजार प्रवेश गर्छन् । बैंकमा निक्षेपको रुपमा पैसा राख्नु भन्दा लगानी गर्दा उनिहरुका लागि सबैभन्दा उपयुक्त हुन जान्छ ।
हेर्नुहोस् कुन बैंकको व्याजदर कति ?
के व्यवसाय गर्नको लागि शेयर धितो राख्न पाइन्छ ? यस्तो कर्जा लिँदा समेत मार्जिन कर्जाको एकल ग्राहक कर्जा सीमा लागू हुन्छ ?
उद्यमी व्यवसायीहरुले उद्योग व्यवसायका लागि अन्य धितो सँगै शेयर समेत धितो राख्न चाहेमा शेयर धितो राखी कर्जा लिन पाइन्छ । बैंक तथा वित्तीय संस्थाले व्यवसायीक प्रयोजनको लागि प्रवाह भएको कर्जाको लागि अन्य सम्पत्ति धितो राखे सरह अतिरिक्त धितोको रुपमा शेयर समेत धितोको रुपमा राख्न सक्छन् । अन्य संस्थाको शेयर किन्ने प्रयोजन देखि बाहेकका व्यावसायिक प्रयोजनको लागि शेयर धितो राखी प्रवाह भएको कर्जामा मार्जिन प्रकृतिको कर्जामा जस्तो एकल ग्राहक कर्जा सीमा (Single Obligor Limit) को रुपमा रहेको एउटा इजाजतपत्रप्राप्त संस्थाबाट अधिकतम रु. ४ करोड र सबै इजाजतपत्र संस्थाबाट अधिकतम रु. १२ करोडको सीमा लागू हुदैन ।
प्रतिक्रिया