Nepal Life

ग्लोबल आइएमईले आवेदन दिएकै दिन सहुलियत दरमा शेयर धितो कर्जा दिने, यसरी लिन सकिन्छ कर्जा

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Sat 12:54
ग्लोबल आइएमईले आवेदन दिएकै दिन सहुलियत दरमा शेयर धितो कर्जा दिने, यसरी लिन सकिन्छ कर्जा
Shikhar detail

काठमाडौं । ग्लोबल आइएमई बैंकले आवेदन दिएको एकै दिनमा शेयरधितो कर्जा प्रवाह गर्ने व्यवस्था मिलाएको छ । अनलाइन प्रकृयाँबाटै प्रतिस्पर्धी व्याजदरमा शेयर धितो राखेर ५ देखि २५ लाख रुपैयाँसम्मको कर्जा लिन सकिने बैंकले जनाएको छ । बैंकले कार्तिक महिनामा शेयर धितो राखेर प्रवाह हुने कर्जाको व्याजदर न्युनतम ७.२९ प्रतिशतदेखि अधिकतम ९.७९ प्रतिशत निर्धारण गरेको छ ।

NIMB

यसका लागि बैंकले छुट्टै अनलाइन प्रणालीको विकास गरेको छ । जसबाट ऋणीले अनलाइनबाटै कर्जाको प्रक्रिया अगाडी बढाउन सक्ने छन् । आवेदन दिनु अगाडी ग्लोलब आइएमई बैंकमा खाता भए नभएको एकिन गर्नु पर्छ । यदि खाता खोलिएको छैन भने पहिला खाता खोल्न बैंकले अनुरोध गरेको छ ।

खाता खोल्दा आफ्नो मोबाइल नम्बर प्रणालीमा एकिन भए नभएको एकिन गर्नु पर्छ । यसका साथै शेयर धितो राख्दै गर्दा खातावालाकै नाममा शेयर हुनु पर्छ । अनलाइनमा आवेदन दिनु अगाडी नागरिकताको स्क्यान कपि, मेरो शेयरबाट शेयर डिटेल पेश गर्नु पर्छ । यसका साथै अनलाइनबाट सबै प्रकृयाँ पुरा गरे पनि आधिकारिक हस्ताक्षरका लागि ऋणीले आफु नजिकको शाखा कार्यालय खुलाउनु पर्छ । सबै प्रकृयाँ पुरा भए पछि उक्त शाखा कार्यालयमा गएर हस्ताक्षर गर्नु पर्छ । यदि एकै दिन भित्रमा यति प्रकृयाँ पुरा भएका खण्डमा सोहि दिन कर्जा प्राप्त हुने बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंकले शेयरधितो कर्जालाई विशेष प्राथमिकता दिदै आएको छ । लगानीकर्ताले सहजै कर्जा पाउने व्यवस्था गरे सँगै बैंकको कर्जा प्रवाह नै बढेको छ ।

कर्जा प्रवाहका लागि यहाँ क्लिक गर्नुहोस् 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार