प्राइम कमर्सियल बैंकको अहिलेसम्मकै कम लाभांश, शेयरधनीले पाउने भए ५ प्रतिशत नगद
- BFIS News
- 2024 Oct Sun 10:12
काठमाडौं । प्राइम कमर्सियल बैंकले अहिलेसम्मकै कम लाभांश घोषणा गरेको छ । बैंकको आज कार्तिक ११ गते विहान साढे ९ बजे बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । बैंकले कर प्रयोजन सहित उक्त लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तुत लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरे पछि मात्रै वार्षिक साधारणसभामा पेश गर्न पाउनेछ । साधारणसभाले लभांश पारित गरेपछि मात्रै शेयरधनीले पाउने छन् । बैंकले शेयरधनीलाई ९७ करोड एक लाख रुपैयाँ नगद वितरण गर्नेछ ।
प्रतिक्रिया