Nepal Life

सानिमा बैंकको लाभांश कार्तिक २१ गतेसम्म शेयर किन्नेले पाउने, साधारणसभा मंसिर ४ गते तय

NMB Bank
  • BFIS News
  • 2024 Oct 27 10:22
सानिमा बैंकको लाभांश कार्तिक २१ गतेसम्म शेयर किन्नेले पाउने,  साधारणसभा मंसिर ४ गते तय
National Life

काठमाडौं । सानिमा बैैंकले घोषणा गरेको लाभांश कार्तिक २१ गतेसम्म शेयर खरिद गर्नेले मात्रै पाउने भएका छन् । बैंकले साधारणसभा प्रयोजनका लागि कार्तिक २५ गते एक दिन बुक क्लोज तय गरेको छ ।

Shikhar
NIMB

बुक क्लोज भन्दा अगाडी २२ गते छठ विदा २३ गते शुक्रवार र २४ गते शनिवार परेकाले बुक क्लोज अगाडी २१ गते मात्रै शेयर कारोबार हुनेछ । यसले गर्दा बैंकले प्रस्ताव गरको लाभांश प्राप्त गर्न र साधारणसभामा भाग लिन कार्तिक २१ गतेसम्ममा शेयरधनी भइसक्नु पर्नेछ ।  

बैंकले मंसिर ४ गते, मंगलबार, आम्रपाली बैङक्वेट, भाटभटेनी, काठमाडौँमा २० औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीका ५.२६३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया