Nepal Life

भगवती हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, तीन दिनमै १७ गुणाको आवेदन

NMB Bank
  • BFIS News
  • 2023 Aug 25 06:10
भगवती हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, तीन दिनमै १७ गुणाको आवेदन
National Life

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले माग भन्दा १७ गुणा बढिको आवेदन परे सँगै आईपीओ निष्काशन तथा बिक्री बन्द गर्ने भएको छ । तीन दिनमै १० लाख ९० हजार ९५३ आवेदकले एक करोड २१ लाख २४ हजार २०० कित्ताको लागि आवेदन दिएका हुन्। उक्त आवेदनबाट एक अर्ब ४० करोड ६४ लाख ७ हजार २०० रुपैयाँ सङ्कलन भएको छ। जुन माग भन्दा १७.०२३ गुणा बढी हो। 

Shikhar
NIMB

कम्पनीले सर्वसाधारणका लागि प्रति कित्ता १६ रुपैयाँ प्रिमियम सहित ११६ रुपैयाँको दरमा ७ लाख १२ हजार २२० कित्ता शेयर बिक्रीका लागि आह्वान गरेको छ । 

कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १५ प्रतिशत अर्थात ८ करोड ५८ लाख ९ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता कुल ११६ रुपैयाँमा ८ लाख ५८ हजार ९७ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। सोमध्ये ८५ हजार ८१० कित्ता शेयर कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि, ४२ हजार ९०५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ भने १७ हजार १६२ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी रहेको ७ लाख १२ हजार २२० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा भदौ ८ गते हुनेछ भने ढिलोमा भदौ १९ गते हुनेछ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपि त्रीपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले प्रबर्धन गरिरहेको ४.५ मेगावाटको विजयपुर १ साना जलविद्युत आयोजनाको कुल अनुमानित लागत ७९ करोड ६८ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत १७ करोड ७० लाख रुपैयाँ रहेको छ।

आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ४.१५ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ५.७१ वर्ष रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमति बहाल अवधि २२ वर्ष ५ महिना बाँकी रहेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया