शेयर बजार ९.१९ अंकले घट्यो, अवका प्रत्येक घटाइ 'वाइङ अपरच्युनिटी' हुने लगानीकर्ताको विश्लेषण
- BFIS News
- 2024 Oct Sun 15:20
काठमाडौं । साताको पहिलो दिन नेप्से सूचक ९.९१ अंकले घटेर बन्द भएको छ । आइतबार नेप्से सूचक २६१७.९५ अंकमा झर्दा ४ अर्ब ७३ करोडको कारोबार भयो । आज १४१ वटा कम्पनीको शेयर मूल्य घट्दा ९१ वटा कम्पनीको शेयर मूल्यमा भने सुधार देखियो ।
हकप्रदको बुक क्लोज सँगै मूल्य समायोजन भएको एलआइसी नेपालको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य ११० रुपैयाँले बढेर १२१२ रुपैयाँ कायम भएको छ । त्यस्तै रिभर फल्स, माइ खोला र समृद्धि फाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
बजारमा गिरावट सँगै स्मार्ट इन्भेष्टरले भने बाइङ अपरच्युनिटीका रुपमा खरिद गरिरहेका छन् । एक लगानीकर्ताले भने 'अवका प्रत्येक घटाइ बाइङ अपरच्युनिटी हो जस्तो लाग्छ ।'
बजारमा साइड वेज भइरहेको प्राविधिक विश्लेषकले विश्लेषण गरिरहदा फण्डामेन्टल्ली विश्लेषण गर्नेले भने यो खरिद गर्ने अवसर रहेको बताइरहेका छन् । बजारमा सधै बढ्दा मात्रै खरिद गर्ने प्रवृत्ती छ । बजारमा एक तहको गिरावट पछि बजार स्थिर भएर बस्छ त्यस्तो समय भने आफ्नो स्रोत साधनले भ्याएको खरिद गरेर बस्नु पर्ने विश्लेषकहरु बताउछन् । जसले गर्दा बजारमा अलिकति मुभमेन्टम आउने वित्तीकै अथवा राम्रो सुधार हुन थाले सँगै बिक्री गरेर सुरक्षित बस्न सकिन्छ । अहिले यस्तो अवस्था रहेको विश्लेषकहरु बताउछन् ।
गएको बिहीबारको कारोबार सकारात्मक सर्किट लागेको आइसिएफसी फाइनान्सको शेयर मूल्यमा गिरावका बावजुद पनि सर्वाधिक धेरै कारोबार भएको छ । त्यस्तै नेपाल एसबिआइ बैंक, सिइडिबी हाइड्रोपावर, नेपाल फाइनान्स, समृद्धि फाइनान्सको सर्वाधिक धेरै कारोबार भएको छ ।
आज फाइनान्स, होटल, हाइड्रोपावर, जीवन बीमा र व्यापार समुहका कम्पनीको सूचकमा सुधार देखिएको छ । अवको एक महिनामा अधिकाम्स सूचिकृत कम्पनीले लाभांश घोषणा गर्नेछन् । यसले पनि बजारमा सकारात्मक भुमिका खेल्नेछ । साथ साथै माघ फागुन र चैत महिना शेयर बजारमा लागि खासै सकारात्मक महिना मानिदैन । यसले गर्दा पनि ठुला लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छ । अर्को तर्फ बजारमा राम्रै करेक्सन भएको हुँदा बजार यो भन्दा तल पनि नझर्ने र माथि पनि नगइहाल्ने हुँदा घटेको दिन पारेर खरिद गर्दैजाने हो भने अवको चैत बैशाखमा राम्रो लाभ लिन सकिने विश्लेषकहरुको प्रक्षेपण छ ।
प्रतिक्रिया