Nepal Life

लगानीकर्ताको सर्वाधिक रोजाइमा परेको हाथवे इन्भेष्टमेन्टमो मुनाफा १२१ प्रतिशतले बढ्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Mon 10:50
लगानीकर्ताको सर्वाधिक रोजाइमा परेको हाथवे इन्भेष्टमेन्टमो मुनाफा १२१ प्रतिशतले बढ्यो
Shikhar detail

काठमाडौं । लगानीकर्ताको सर्वाधिक रोजाइमा पर्न सफल हाथवे इन्भेष्टमेन्ट कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाशिक अवधिमा १२१ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । कम्पनीले असोज मसान्तसम्ममा तीन करोड ४९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा एक करोड ५८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

NIMB

कम्पनीले विभिन्न कम्पनीमा लगानी गरेर सञ्चालन आम्दानीमा पनि १२२ प्रतिशतले बृद्धि गरेको छ । कम्पनीले ४ करोड ८८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गएको वर्षको यहि अवधिमा कम्पनीले २ करोड १९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । कम्पनीको सञ्चालन खर्च जम्मा ६७ लाख ५ हजार रुपैयाँ मात्रैछ । गत वर्षको भन्दा यस वर्ष खर्च घट्दा नाफा बढेको हो ।

चुक्ता पूँजी एक अर्ब २८ करोड ७० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ४१ करोड १७ लाख रुपैयाँ रहेको छ । गत वर्ष १० प्रतिशत बोनस शेयर दिएर पूँजी बढाएको कम्पनीले यस वर्ष पनि लाभांश घोषणा गरिसकेको छ । यस वर्ष पनि १० प्रतिशत बोनस शेयर दिने घोषणा गरिसकेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ५.४४ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ ८२.०२ रुपैयाँ छ । कम्पनीको प्रतिशेयर मूल्य ५० रुपैयाँ मात्रै छ ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया