Nepal Life

सिटिजन्स बैंकको १८ औं वार्षिक साधारणसभा सम्पन्न, ४ प्रतिशत बोनस शेयर पारित

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Mon 12:52
सिटिजन्स बैंकको १८ औं वार्षिक साधारणसभा सम्पन्न, ४ प्रतिशत बोनस शेयर पारित
Shikhar detail

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले १८ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । काठमाडौंको अमृतभोग पार्टीप्यालेसमा आयोजना गरिएको साधारणसभाले ४ प्रतिशत बोनस शेयर सहित बोनस शेयरमा लाग्ने कर प्रयोजनको नगद लाभांश समेत पारित गरेको छ । 

NIMB

सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट ४ प्रतिशत बोनस शेयर अर्थात ५६ करोड ८० लाख रुपैयाँ र कर प्रयोजनका लागि ०.२१ प्रतिशत अर्थात २ करोड ९८ लाख रुपैयाँ नगद लाभांश पारित गर्ने प्रस्ताव पारित गरेको हो । 

साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गरेको हो । बैंकको लेखापरीक्षण प्रतिवेदन तथा सञ्चालक समितिको प्रतिवेदन उपर आ-आफ्नो राय व्यक्त गरेका थिए । 

कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिसमा लेखापरीक्षकको नियुक्ति गर्ने र नजिको परिश्रमिक निर्धारण गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ । सभाले बैंकको मिति २०८१ बैशाख २६ गतेको सञ्चालक समितिको ४५० औं बैठकद्धारा सोही मितिबाट लागु हुने गरी बैंकको सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालकमा इला शर्मालाई र गएको असार २४ गते सञ्चालक समितिको ४५६ औं बैठकद्धारा सोहि मितिबाट लागु हुने गरी बैंकको संस्थापक शेयरधनीको तर्फबाट सञ्चालकमा अनिल कुमार ज्ञवालीलाई नियुक्त गरिएको निर्णयलाई समेत अनुमोदन गरेको छ । 

सभाले बैंकको सञ्चालक समितिलाई मर्जरको आवश्यक प्रकृयाँ अगाडी बढाउने अख्तियारी समेत प्रदान गरेको छ । प्रवन्धपत्र र नियमावलीका व्यवस्थाहरु संशोधन गर्नुका साथै पारित भएको छ । 

 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार