Nepal Life

बैंक वित्तीय संस्था र फाइनान्सले शेयर बजारलाई पुरानै लयमा फर्काउदै, तिहार अगाडीको सुधारले शेयरधनीको खातामा लक्ष्मी भित्रिदै

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Mon 15:10
बैंक वित्तीय संस्था र फाइनान्सले शेयर बजारलाई पुरानै लयमा फर्काउदै, तिहार अगाडीको सुधारले शेयरधनीको खातामा लक्ष्मी भित्रिदै
National Life

काठमाडौं । बैंक वित्तीय संस्थाको सकारात्मक वित्तीय विवरणले शेयर बजारमा लगानीकर्तालाई आकर्षित गर्न थालेको छ । तत्कालका लागि बैंक वित्तीय संस्थाले लाभांश दिन नसके पनि चुक्ता पूँजी भन्दा जगेडा कोष बलियो हुने क्रम सँगै लगानीकर्ताहरु भविष्य हेरेर बैंक वित्तीय संस्थाको शेयरमा आकर्षित देखिएका हुन् ।

NIMB

आगामी चैतबाट गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिदैछ । त्यस पछि नयाँ गभर्नर आउने छन् । गभर्नर अधिकारीले कोभिड १९ को कहालीलाग्दो समय र त्यस पछिको आर्थिक मन्दीमा बैंक वित्तीय संस्थालाई लाभांश वितरणमा रोक लगाउदा अहिले अधिकाम्स बैंक वित्तीय संस्थाको जगेडा चुक्ता पूँजी भन्दा माथि छ । यदि बैंकिङ प्रणालीमा क्रमिक सुधार सुधार आउदै जाने हो भने खराव कर्जा पनि घट्दै जानेछ । यस सँगै बैंकहरुले जगेडा कोषबाट आकर्षक लाभांश दिन सक्ने क्षमता राख्नेछन् । यसले पनि शेयर बजारलाई आकर्षित गर्ने निश्चित छ ।

सोमबार नेप्से सूचक २७.४१ अंकले सुधार भएको छ । सूचक सँगै कारोबार रकममा पनि बृद्धि भएको छ । नेप्से सूचक २६४५.३६ अंकमा पुगेर बन्द भएको छ । ५ अर्ब ३४ करोडको कारोबार भएको छ । आज २१३ वटा कम्पनीको शेयर मूल्यमा सुधार आउदा २८ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । यस सँगै नेपालीहरुको महान चाड तिहारको पुर्व सन्ध्यामा आफ्नो डिम्याट खातामा लक्ष्मी भित्र्याएका छन् । तिहारमा धनधान्यकी देवी लक्ष्मीको पुजा आरधना गरिन्छ । यसै क्रममा डिप्रेस लगानीकर्तालाई सुधारिएको बजारले केहि हौसला प्रदान गरेको छ ।

आज सबैभन्दा धेरै फाइनान्सका शेयरधनी मालामाल भएका छन् । अधिकाम्स फाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । दशै अगाडीको सुधारमा दशै पछि केहि समय करेक्सन देखिए पनि तिहारको पुर्वार्धमा पुन बजार बढ्न थालेको छ ।

आज जानकी फाइनान्सको शेयर मूल्यमा सर्किट लागेर ७० रुपैयाँले बढेको छ । त्यस्तै डोल्टी पावर कम्पनीको शेयर मूल्यमा पनि सर्किट लागेको छ । रिभर फल्स र मेन्छ्याम हाइड्रोपावरको शेयर मूल्य पनि सर्किटकै लेवलमा बृद्धि भएको छ । सबैभन्दा धेरै नेपाल फाइनान्सको कारोबार हुँदा पाचथर पावर कालिञ्चोक दर्शनको शेयर मूल्यमा सबैभन्दा धेरै गिरावट देखिए छ ।  

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार