Nepal Life

मूल्य बृद्धि सँग मेल नखाएको भन्दै चर्को आलोचना हुने मुद्रास्फितिदरको यस्तो छ व्यवहारिक गणना विधि

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Tue 06:45
मूल्य बृद्धि सँग मेल नखाएको भन्दै चर्को आलोचना हुने मुद्रास्फितिदरको यस्तो छ व्यवहारिक गणना विधि
National Life

काठमाडौं । नेपाल राष्ट्र बैंकले हरेक महिना मूल्य बृद्धिलाई जनाउने मुद्रास्फितिदर सार्वजनिक गर्ने गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गर्ने मूल्य बृद्धिको दरलाई लिएर भने आम उपभोक्ताले भने चर्को आलोचना गरिरहेका हुन्छन् । उनिहरुको गुनासो भनेको व्यवहारमा यति धेरै महंगो तिर्नु परिरहेको छ तर तथ्याङ्कमा यति मात्रै बृद्धि भनिएको छ । 

NIMB

कालोबजारीदेखि लिएर वितरण प्रणालीका कयौ समस्यालाई राष्ट्र बैंकको तथ्याङ्कले हेर्न सक्दैन । जहाँ फियर कारोबार हुन्छ त्याहीको मूल्यलाई गणना गरेर तथ्याङ्कमा देखाउने भएकाले कालोबजारीको मारमा परेका उपभोक्ताले आलोचना गर्नु स्वभाविक पनि हो । उपभोक्ता तथा विज्ञहरुले नै राष्ट्र बैंकको यस्तो तथ्याङ्कलाई लिएर आलोचना गरे पछि यस वर्ष भने राष्ट्र बैंकले गणना विधिलाई नै आमुल परिवर्तन गरिदिएको छ । राष्ट्र बैंकले उपभोक्ता मूल्य सूचकाङ्कका आधारमा मुद्रा स्फितिदर तय गर्ने भएकाले यसका आधारभुत कुराहरुमा परिवर्तन गरेको हो । 

उपभोक्ता मूल्य सूचकाङ्कले आम उपभोक्ताले उपभोग गर्ने वस्तु तथा सेवाको औसत मूल्यमा भएको परिवर्तन दर (Rate of Change) लाई बुझाउँछ । उपभोक्ता मूल्य सूचकाङ्क (CPI) मुद्रास्फीति दर मापन गर्ने एक सूचक हो । उपभोक्ता मूल्य सूचकाङ्ग गणना आधार वर्षमा तोकिएको डालो (Fixed Basket ) का वस्तु तथा सेवाहरूको मूल्यलाई समीक्षा वर्षमा सोही डालोमा रहेका वस्तु तथा सेवाको मूल्यको अनुपातका आधारमा गर्ने गरिन्छ ।

नेपालको उपभोक्ता मूल्य सूचकाङ्कका लागि आर्थिक वर्ष २०८०/८१ लाई पछिल्लो आधार वर्षको रूपमा लिइएको छ । यस बैंकले मासिक रूपमा प्रकाशन गर्ने उपभोक्ता मूल्य सूचकाङ्क तयार गर्न नेपाल जीवनस्तर सर्वेक्षण (NLSS-IV) को तथ्याङ्गका आधारमा वस्तु तथा सेवाको डालो र भाराङ्ग निर्धारण गरेको छ ।

उक्त सर्वेक्षणको आधारमा पहिचान गरिएका ५२५ वटा वस्तु तथा सेवाहरू समावेश गरी वस्तु तथा सेवाको डालो (CPI Basket ) निर्धारण गरिएको छ । उपर्युक्त वस्तु तथा सेवालाई खाद्य तथा पेय पदार्थ र गैरखाद्य तथा सेवा समूह गरी दुई बृहत् समूहमा विभाजन गरिएको छ ।

खाद्य तथा पेय पदार्थको भारा ३५४९ प्रतिशत रहेको छ । यसअन्तर्गत १० उपसमूहहरू रहेका छन् । यसै गरी, गैरखाद्य तथा सेवा समूहको भाराङ्क ६४.५१ प्रतिशत र १३ उपसमूह रहेका छन् । घर परिवारको खर्चमा अधिक हिस्सा रहेका वस्तु तथा सेवाको अधिक भाराङ्क रहेको र कम हिस्सा हुने कम भाराङ्क रहेको हुन्छ । यी बस्तु तथा सेवाहरूको मूल्य देशका ७७ जिल्लाका ८७ वटा बजार केन्द्रबाट नियमित रूपमा सङ्कलन गरी सूचकाङ्क तयार गर्ने गरिएको छ ।

उपभोक्ता मूल्य सूचकाङ्क (CPI) मापनको विधि अनुसार यसलाई दुई तहमा गणना गरी निकालिएको छ जसमा प्रारम्भिक तहमा ज्यामितीय औसत (Geometric Average) र माथिल्लो तहमा अंकगणितीय भारित औसत (Weighted Arithmetic Average ) विधि प्रयोग गरिएको छ । त्यसै गरी, भारित औसत विधिबाट गणना गरिने भएकोले सापेक्षिक रूपले सूचकाङ्कमा अधिक भाराङ्क रहेका वस्तु तथा सेवाहरूको मूल्यमा हुने परिवर्तनको अधिक प्रभाव रहने र कम भाराङ्क रहेकाहरूको कम प्रभाव रहने हुन्छ ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०३१ / ३२ देखि उपभोक्ता मूल्य सूचकाङ्क प्रकाशन गर्न सुरू गरेको हो । तत्पश्चात् उपभोक्ताको खर्च प्रवृत्तिमा हुने परिवर्तनलाई मध्यनजर गर्दै मूल्य सूचकाङ्कको आधार वर्ष नियमित रूपमा अद्यावधिक गर्दै आइरहेको छ । सोही सिलसिलामा हालै छैठौं पटक मूल्य सूचकाङ्कको आधार वर्ष २०७१/७२ लाई अद्यावधिक गरी २०८०/८१ कायम गरिएको छ ।

साथै, आर्थिक वर्ष २०८१/८२ देखि देशका सातै प्रदेशको प्रादेशिक उपभोक्ता मूल्य सूचकाङ्क समेत प्रकाशन गर्न शुरू गरिएको छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार