गुराँस लघुवित्त वित्तीय संस्थाको मुनाफा ९९९ प्रतिशतले बढ्यो, हरेक सूचकका उल्लेख्य सुधार
- BFIS News
- 2024 Oct Tue 12:49
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाशिक अवधिमा ९९९ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । संस्थाले पहिलो त्रैमाशिक अवधिमा एक करोड एक लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ९ लाख ३३ हजार रुपैयाँ मात्रै थियो ।
संस्थाले खराव कर्जामा सुधार गर्नुका साथै खुद व्याज आम्दानीमा पनि उल्लेख्य मात्रामा सुधार गरेको छ । समिक्षा अवधिमा खुद व्याज आम्दानी १४२ प्रतिशतले बढाउदै तीन करोड १४ लाख रुपैयाँ आर्जन गरेको छ । अन्य सञ्चालन आम्दानी सहित कुल सञ्चालन मुनाफा पनि ११२ प्रतिशतले बढाउदै ४ करोड १२ लाख रुपैयाँ आर्जन गरेको छ ।
चुक्ता पूँजी ११ करोड ५८ लाख रुपैयाँ रहेको संस्थाको जगेडा कोषमा ३ करोड ७० लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा संस्थाले ३३ करोड २९ लाख रुपैयाँ निक्षेप र एक अर्ब २८ करोड रुपैयाँ बरोइङ गरि एक अर्ब ७७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
मुनाफामा सुधार सँगै प्रतिशेयर आम्दानी ३४ रुपैयाँ कायम भएको छ भने प्रतिशेयर नेटवर्थ पनि बढेर १३१ रुपैयाँ छ । खराव कर्जा १.११ प्रतिशतले विन्दुले घटेर ३.१६ प्रतिशतमा झार्न सफल भएको छ ।
प्रतिक्रिया