स्ट्याण्डर्ड चार्डर्ड बैंकको ७ वर्ष यताकै सर्वाधिक लाभांश, शेयरधनीले १९ प्रतिशत नगद सहित ६.५ प्रतिशत बोनस शेयर पाउने
- BFIS News
- 2024 Oct Tue 22:29
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले ७ वर्ष यताकै सर्वाधिक धेरै लाभांश घोषणा गरेको छ । बैंकको आज बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई १९ प्रतिशत नगद लाभाश र ६.५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले ८ अर्ब न्युनतम चुक्ता पूँजी पुर्याउन निर्देशन दिए सँगै बैंकले १०० प्रतिशतसम्म बोनस शेयर दिएको थियो । जतिवेला बैंकले ३३.३३ प्रतिशत, २५ प्रतिशत बोनस शेयर दिएको थियो । न्युनतम चुक्ता पूँजी जुटाए सँगै बैंकले नगदै बढि जोड दिदै आएको थियो । त्यसमा पनि कोभिड १९ को समय र कोभिड १९ पछिको आर्थिक मन्दीलाई ध्यानमा राख्दै राष्ट्र बैंकले लाभांश वितरणमा कडाइ गरेको थियो । जसले गर्दा विगतका वर्षमा बैंकको लाभांश निकै कम थियो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरे पछि मात्रै साधारणसभामा स्वीकृतिका लागि पेश गर्न सक्नेछ । साधारणसभाले लाभांश पारित गरेपछि मात्रै शेयरधनीले पाउने छन् ।
प्रतिक्रिया