Nepal Life

पूँजीकोषमा दवाव नपर्ने गरी नविल बैंकको लाभांश घोषणा, शेयरधनीलाई २ अर्ब ७० करोड नगद वितरण गर्ने

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Wed 11:54
पूँजीकोषमा दवाव नपर्ने गरी नविल बैंकको लाभांश घोषणा, शेयरधनीलाई २ अर्ब ७० करोड नगद वितरण गर्ने
National Life

काठमाडौं । नविल बैंकले लाभांश घोषणा गरेको छ । बैंकको कार्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले विद्यमान चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

NIMB

बैंकले कर सहित २ अर्ब ७० करोड रुपैयाँको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । हाल बैंकको चुक्ता पूँजी २७ अर्ब ५ करोड रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकले वितरण योग्य मुनाफाको गणनामा कडाइ गरे सँगै बैंकले यस वर्ष शेयरधनीलाई नगद लाभांश मात्रै वितरण गर्ने योजना बनाएको हो । 

यस वर्ष राष्ट्र बैंकले बैंक वित्तीय संस्थाहरुलाई खराव कर्जा धेरै भएको भन्दै यसको नियन्त्रण नभएसम्म लाभांश वितरणमा आक्रामक नहुन अनुरोध गर्दै आइरहेको छ । यसैले गर्दा वित्तीय विवरण स्वीकृतिकै चरणमा विभिन्न किसिमका प्रोभिजनिङ गरिदिने गरेको छ ।

नविल बैंकले गत वर्ष पनि शेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । बैंकले प्रतिशेयर आम्दानी र पूँजीकोष बलियो बनाउन नगद लाभांश मात्रै वितरण गरिरहेको छ । यस सँगै बैंकको जगेडा कोष चुक्ता पूँजी भन्दा धेरै भइसकेको छ । राष्ट्र बैंकको कडाइ सँगै बैंकहरुको कोष बलियो भइरहेको हुँदा अव विस्तारै बैंकहरुको भ्यालु पनि बढ्ने विश्लेषकहरु बताउछन् । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार