Nepal Life

नाफा बुक गर्न हतारिदा १४.४३ अंकको करेक्सन, 'तिहार पछि के होला' भन्ने डरमै बिक्री गर्न खोज्दा बजार घट्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Wed 15:11
नाफा बुक गर्न हतारिदा  १४.४३ अंकको करेक्सन, 'तिहार पछि के होला' भन्ने डरमै बिक्री गर्न खोज्दा बजार घट्यो
Sanima Reliance

काठमाडौं । तिहार पछि बजार के होला भन्ने डरले नाफा बुक गर्न खोज्दा आज नेप्से परिसूचक १४ दशमलब ४३ अंकले घटेको छ । केहि दिनदेखि शेयर बजारमा लगातार सुधार देखिदै आएको थियो । तर तिहार विदा अगाडीको आजको अन्तिम कारोबारमा भने एकाएक गिरावट आयो । 

NIMB

आजको गिरावटमा सबैभन्दा ठुलो कारण नाफा बुक रहेको वजार विश्लेषकहरु बताउछन् । विगतको सुधारबाट राम्रो नाफा बनाइसकेका लगानीकर्ताले आज बुक गरेका हुन् । आजै केहि बैंक तथा वित्तीय संस्थाले लाभांश पनि घोषणा गरे । नविल बैंकले अनुमान गरिएको भन्दा कम लाभांश घोषणा गरे पनि स्ट्याण्डर्ड चार्टर्ड बैंकले अपेक्षा गरेको भन्दा केहि माथि साढे २५ प्रतिशत लाभांश दिने निर्णय गर्यो । 

आज नेप्से सूचक २६७७.६२ अंकमा रोकिदा कारोबार रकम भने ५ अर्ब ९५ करोडको भयो । १६४ वटा कम्पनीको शेयर मूल्यमा गिरावट देखिए पनि ७५ वटा कम्पनीको शेयर मूल्यमा भने राम्रै सुधार देखियो । गुराँस लघुवित्त, मिड सोलु, अपर स्याङ्जे, कुथेली बुखेरीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लाग्यो । सबैभन्दा धेरै कारोबार सिइडिबी हाइड्रोपावरको भएको छ । 

तिहार विदाको समयमा कुनै पनि राजनीतिक घटनाक्रममा परिवर्तन भयो भने अहिलेसम्म कमाएको पनि गुमाउनु पर्ने डरले पनि कतिपय लगानीकर्ताले नाफा बुक गर्न भ्याएका छन् । प्राय वर्षहरुमा दशै तिहारको समयमा कुनै न कुनै राजनीतिक गतिविधि हुने गरेको पाइन्छ । यसले गर्दा पनि लगानीकर्तामा केहि डर देखिएको हो । यस बाहेक शेयर बजारलाई असर गर्ने ठुला कारण देखिदैन । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार