Nepal Life

क्षेत्रिय बैंकहरुको संगमबाट राष्ट्रिय पहिचान बनाएको सांग्रिला डेभलपमेन्टको दुई दशकको यात्रा, 'सम्बन्ध आफ्नोपनको'

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Wed 15:51
क्षेत्रिय बैंकहरुको संगमबाट राष्ट्रिय पहिचान बनाएको सांग्रिला डेभलपमेन्टको दुई दशकको यात्रा, 'सम्बन्ध आफ्नोपनको'
National Life

काठमाडौं । मध्यपश्चिमाञ्चल तथा पश्चिमाञ्चल क्षेत्रमा स्थापना भई वित्तीय क्षेत्रमा आफ्नो अलग पहिचान बनाएको बागेश्वरी डेभलपमेन्ट बैंक र पोखराको न्यूरोडबाट सञ्चालनमा आएको साँग्रिला डेभलपमेन्ट बैंक एक आपसमा गाभिएर राष्ट्रिय पहिचाहन बनाएको सांग्रिला डेभलपमेन्ट बैंकले दुई दशक पार गरेको छ ।

NIMB

नेपालगञ्जबाट २०६१ साल कार्तिक १३ गतेदेखि सञ्चालनमा आएको बागेश्वरी डेभलपमेन्ट बैंकले २०६४ साल भदौ ९ गतेदेखि पोखराबाट सञ्चालनमा आएको सांग्रिलालाई प्राप्ति गरेको थियो । बराबरी हैसियतमा प्राप्ति प्रक्रिया टुङ्गिएर लगानीकर्ताहरु सांग्रिला डेभलपमेन्ट बैंकको नामबाट राष्ट्रिय स्तरको विकास बैंकको नामबाट कारोबार गर्न तयार भएका थिए । दुई बैंकले २०७१ साल असार २९ गते मर्जरका सम्पुर्ण प्रकृयाँ टुङ्गाएर काठमाडौंमा कार्पोरेट कार्यालय स्थापना गर्न सफल भएका थिए । मर्जरबाट राष्ट्रिय स्वरुप तयार पारेको सांग्रिलाले आफूलाई अझ बृहत बनाउन २०७४ असार २० मा कसमस डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्यो ।

सांग्रिला डेभलपमेन्ट बैंकले स्थापनाको छोटो अवधिममा नै ग्राहकहरुको चाहना र आवश्यकत अनुसारका स्तरीय ग्राहकोन्मुख सेवा तथा सुविधाहरु प्रदान गरेर उपलब्ध स्रोत र साधनको उपयुक्त परिचालन गरी तुतनात्मक रुपमा उत्साहजनक उपलब्धी हासिल गर्दै आएको छ । बैंकले राष्ट्रिय तथ अन्तर्राष्ट्रिय सहकारी तथा गैर सरकारी संघ संघठन, कम्पनी, व्यक्ति र संघ संस्थाहरु तथा अन्य सबै सरोकारवालाहरुसँग सुमधुर व्यवसायिक सम्बन्ध कायम राख्दै बैंकको औद्योगिक तथा व्यवसायिक सम्बन्ध समाजका सबै तहमा पारदर्शी र सौहार्दपुर्ण बनाउदै आएको छ । यसले पनि बैंकको छवि उच्च रहदै आएको छ ।

बैंकले पछिल्ला वर्षहरुमा अझ धेरै र सुदृढ रुपमा बैंकिङ सेवालाई छिटो, छरितो र ग्राहकमुखी बनाउन विशिष्टीकृत सेवा प्रदान गरिरहेको छ । कर्जा प्रवाह, स्वीकृति र कागजात व्यवस्थापन प्रकृयाँलाई छिटो, छरितो, सहज, गुणस्तर कायम गर्न केन्द्रिय नियन्त्रण प्रणालीलाई व्यवस्थित बनाएको छ । कृषि, जलविद्युत, पर्यटन तथा अन्य क्षेत्रका ठूला परियोजनाहरुमा साझेदारीका रुपमा लगानी विस्तार गरिरहेको छ । बैंकले स्थायी प्रकृतिका न्युत लागतका निक्षेपहरुमा जोड दिदै आफ्नो बैंकिङ व्यवसायलाई सन्तुलित बनाउन सफल भएको छ । कोभिड १९ पछिको संयमित अवस्थामा ऋणीहरुको हितलाई ध्यानमा राख्दै बैंकले सहिष्णु बैंकिङ कारोबारलाई प्राथमिकता दिदै आएको छ ।

बैंकले मर्जर अगाडी र मर्जर पछि पनि अन्य बैंकहरुको तुलनामा राम्रै लाभांश दिदै आएको छ । बैंकले अहिलेसम्म कुनै वर्षमा पनि लाभांश टुटाएको छैन । बैंकले नगद भन्द पनि बोनस शेयरलाई नै बढि प्राथमिकता दिने गरेको छ ।

तीन क्षेत्रीय स्तरका विकास बैंक र दुई पटकको हकप्रद सँगै पटक पटकको बोनस शेयरबाट विद्यमान चुक्ता पूँजी निर्माण गर्न सफल भएको हो । बैंकको स्थापना हुँदा चुक्ता पूँजी तीन करोड मात्रै थियो । मर्जर अगाडी नै दुबै बैंकहरुले आइपिओ, हकप्रद, बोनस शेयर जारी गरिसकेका थिए । मर्जर पछि पनि बैंकले दुई पटक हकप्रद शेयर जारी गरेर पूँजीकोषलाई अझ बलियो बनाएको हो ।  

आजको दिनमा बैंकको चुक्ता पूँजी ३ अर्ब ४३ करोड रहेको छ भने जगेडा कोषमा एक अर्ब ५२ करोड रुपैयाँ जम्मा भइसकेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ छ ।

विकास बैंकहरु मध्ये पूँजीका हिसावले बैंक सातौ नम्बरमा रहेको छ । त्यस्तै जगेडा कोषका हिसावले ८ औं नम्बर, निक्षेप तथा कर्जा लगानी दुबै तर्फ ७ औं नम्बर, खुद व्याज आम्दानीका हिसावले ५ औं नम्बरमा रहेको छ । 

शेयर बजारमा पनि कम्पनीले आफ्नो छुट्टै पहिचान निर्माण गरेको छ । विगत एक वर्षको अवधिमा बैंकको शेयर मूल्यमा २६६ रुपैयाँबाट ४९७ रुपैयाँसम्मको यात्रा तय गरेको छ । पछिल्लो कारोबार मूल्य ४२९ रुपैयाँ रहेको छ । 

बैंकले २० औं वार्षिकोत्सवको अवसरमा मंगलबार विहान केन्द्रिय कार्यालय बालुवाटारमा प्रभातफेरी आयोजन गरेको थियो । यसका साथै विभिन्न शाखा कार्यालयले रक्तदान कार्यक्रम आयोजना गरेका थिए । बैंकले १९ वर्ष पुरा गरि २० औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आफ्नोपनले सजिएको बैंकको सम्बन्ध अझ उत्कृष्ट, आधुतिक र स्मार्ट सेवा साथ आगामी दिनमा अझ प्रगाढ तथा सुमधुर बनाउन सदैव प्रतिवद्ध रहने प्रतिवद्धता व्यक्त गरेको छ ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया