Nepal Life

मेगा स्टक मार्केट्सले गर्यो भव्य उद्घाटन, आइतबारदेखि खरिद बिक्री सुरु गर्ने

NMB Bank
  • BFIS News
  • 2023 Aug 25 20:39
मेगा स्टक मार्केट्सले गर्यो भव्य उद्घाटन, आइतबारदेखि खरिद बिक्री सुरु गर्ने
National Life

काठमाडौं । मेगा स्टक मार्केट्सले आजदेखि धितोपत्र दलाल सेवाको उद्घाटन गरेको छ । मेगा स्टक मार्केट्स लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवाको अनुमति प्राप्त गरि नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबाट धितोपत्र दलाल सदस्य नं ७५ प्राप्त गरेको छ । 

Shikhar
NIMB

दोस्रो बजारमा शेयर खरिद बिक्रीको सेवा प्रवाह गर्न सिडिएस एण्ड क्लियरिङ्ग लि.को राफसाफ सदस्यता लिई आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको छ । सम्पुर्ण प्रकृयाँ भइसकेको अवसरमा पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा प्रारम्भ गर्नका लागि आज भव्य रुपमा विधिवत समुद्घाटन सम्पन्न गरेको हो । 

होटल एलोफ्तमा आयोजना भएको उक्त समारोहको अध्यक्षता कम्पनीका अध्यक्ष प्रा.डा गोविन्द नेपालले गरेका थिए । प्रमुख अतिथि नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल थिए भने विशेष अतिथि नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लि.का अध्यक्ष पृथ्वीबहादुर पाँडे रहेका थिए ।

विशेष अतिथिको रुपमा नेपाल स्टक एक्सचेञ्ज लि.का प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीको सहभागीता थियो । उक्त समारोहमा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लि., सिडिएस एण्ड क्लियरिङ्ग लि., नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लि. तथा एनआइएमबी एस क्यापिटल लि.का सञ्चालक तथा उच्च व्यवस्थापनका कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।

कम्पनीले सुशासन, नियम परिपालना, उच्च प्रविधिको प्रयोगबाट लगानीकर्ताहरुलाई छिटो र सरल ग्राहक मैत्री सेवा दिने प्रतिबद्घता व्यक्त गरेको छ । धितोपत्र दलाल सेवालाई विकेन्द्रीकरण गर्ने तथा पूँजीबजारको विकासलाई टेवा पुर्याउँदै कम्पनीलाई शिर्ष धितोपत्र व्यवसायी बनाउनेमा  केन्द्रित   रहने जानकारी समेत गराईएको थियो ।

उपस्थित प्रमुख अतिथि, विशेष अतिथि तथा अतिथिहरुले कम्पनीलाई सफलताको शुभकामना दिँदै लगानीकर्ताको हकहित संरक्षणमा केन्द्रित हुने, पूँजीबजारको बिकासमा टेवा पुर्याउने विश्वास समेत व्यक्त गरेका छन् । २०८० भाद्र १० गतेका दिनबाट लगानीकर्ताहरुले ब्रोकर खाता खोली कम्पनीबाट आफ्नो कारोबार गर्न सक्नेछन् । सोका लागि ग्राहक वर्गले     https://tms75.nepsetms.com.np/login  मा लगइन गर्नु पर्ने छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया