Nepal Life

कस्तो अवस्थामा सेयर बजार घट्छ वा बढ्छ ? लगानीकर्ताले कारोबार गर्दा ध्यान दिनु पर्ने कुराहरु

Global Ime detail Page
  • BFIS News
  • 2024 Nov Mon 07:02
कस्तो अवस्थामा सेयर बजार घट्छ वा बढ्छ ? लगानीकर्ताले कारोबार गर्दा ध्यान दिनु पर्ने कुराहरु
National Life

काठमाडौं । सेयर बजार एकदमै संवेदनशील र चञ्चल हुन्छ । सामान्यतया यसको महंगी र नगद प्रवाहसँग सकारात्मक सम्बन्ध हुन्छ भने ब्याजदर सगँ नकारात्मक ।

NIMB

सेयर बजारलाई सामान्यतया लगानीकर्ताले मुद्रास्फिति (मुल्य वृद्धिका कारण पैसाको क्रय शक्ति घट्नु) विरुद्ध लड्ने औजारका रुपमा प्रयोग गर्ने गरेको पाइन्छ । मुद्रास्फिति बढ्दा र कम ब्याजदरमा पैसा उपलब्ध हुँदा नेप्से बढेको पाइन्छ भने उल्टो अवस्थामा घटेको ।

उदाहर०का लागि पछिल्लो समय मुद्रास्फितिको बृद्धिदर ९.७७ प्रतिशतबाट ३.८५ प्रतिशतमा झरेको छ । यस सँगै, विकास खर्च नबढ्नु, आर्थिक गतिविधि सुस्त हुनु आदि कारणले गर्दा गएका वर्षमा शेयर बजारमा नराम्रै असर पर्यो । अर्को तर्फ पछिल्लो समय व्याजदर घटे पनि त्यस अगाडीको अवस्थामा व्याजदर चरम विन्दुमा थियो ।

त्यसैगरी, राजनीति अवस्थाले पनि नेप्सेमा प्रभाव पार्दै आएको छ । अस्थितर राजनीतिक गतिविधिले पछिल्ला दिनमा शेयर बजारमा नकारात्मक असर परेको देखिन्छ । विष्णु पौडेल अर्थमन्त्री हुने चर्चाले बढेको शेयर बजार अव सरकार ढल्दैछ है भन्ने हल्ला सुरु भए सँगै घट्न थालेको थियो । हरेक राजनीतिक गतिविधिले नेप्सेको उताचढावमा भुमिका खेलिरहेको छ ।

राजनीति सकरात्मक दिशातर्फ अघि बढ्दा नेप्से बढ्ने र नकरात्मक दिशातर्फ जाँदा नेप्से घट्ने प्रकृयाँ सामान्य बनिसकेको छ । केहि समय अगाडी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारीको केसमा प्रहरीले हिरासतमा लिदा शेयर बजार तल झर्यो । केपि ओली र देउवाले यो सरकार ढल्दैन भन्ने एक पछि अर्को अभिव्यक्ति दिदा शेयर बजार सकारात्मक देखियो ।

नेप्सेको ठूलो हिस्सा बैंक तथा वित्तीय क्षेत्रले ओगटेका कारण नेपाल राष्ट्र बैंकको नीतिहरु पनि नेप्से घटबढको प्रमुख कारण बन्ने गरेको छ । पछिल्ला वर्षहरुमा राष्ट्र बैंकले बैंक वित्तीय संस्थाको लाभांश वितरणमा कडाइ गर्दै आइरहेको छ । यसले गर्दा लघुवित्त वित्तीय संस्था र बैंकहरुको शेयर मूल्यमा खासै चार्मिङ छैन । त्यसमा पनि शेयरधितो कर्जामा सिमा तोकिदिने प्रत्यक्ष अप्रत्यक्ष शेयर बजारलाई असर पार्ने नीति अख्तियार गरिदिदा लगानीकर्ताहरु मारमा पर्ने गरेका छन् ।

जतिवेला राष्ट्र बैंकले बैंक वित्तीय संस्थाको पूँजी बृद्धि योजना ल्यायो त्यतिवेला शेयर बजारमा ठुलो बुल देखिएको थियो । जुन बुल बैंक वित्तीय संस्थामा आएको सुधारको परिणाम थियो । त्यस्तै बीमा प्राधिकरणको पूँजी बृद्धि योजनाले पनि समय समयमा राम्रै प्रभाव पर्ने गरेको छ । विद्युत नियमन आयोगले जव जलविद्युत कम्पनीहरुलाई दीर्घकालिन ऋण तिर्नका लागि पनि हकप्रद शेयर जारी गर्न दिने अनुमति दियो त्यस पछि ३२ सयको बुलमा जलविद्युत क्षेत्रका लगानीकर्ताले राम्रै पैसा कमाए ।

लगानीकर्ता अझ बिशेषगरी नयाँ लगानीकर्ताले ऐतिहासिकरुपमा नेप्सेलाई प्रभाव पार्दै आएका विभिन्न कुराहरुको बिश्लेषण गर्दै निर्णय गर्नु नै बुद्धिमत्तापूर्ण हुन्छ । देशको बृहत्ततर आर्थिक अवस्थाले पनि नेप्सेलाई प्रभाव पार्ने गरेको छ । आर्थिक वृद्धि राम्रो हुँदा सूचिकृत कम्पनीका पनि नाफा बढ्ने र उक्त कम्पनीले दिने लाभांश बढ्न गई सेयर मूल्यसमेत बढ्दा समग्र नेप्से परिसूचक पनि बढ्ने हुन्छ । यद्यपि प्रभावको स्तर भने समय र परिस्थितिअनुसार फरक–फरक हुन्छ ।

राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीति पनि नेप्से घटबढको प्रमुख कारण हो । किनभने पुँजी बजारमा ६० प्रतिशत भन्दा धेरै हिस्सा वित्तीय क्षेत्रको छ । खुला मौद्रिक नीति (बजारमा नगद प्रवाह बढि गराई ब्याजदर घटाउने नीति) सँगै नेप्से बढ्ने गरेको छ भने कडा मौद्रिक नीति (बजारमा नगद प्रवाह कम गराई ब्याजदर बढाउने नीति) आएको बर्ष नेप्से घट्ने गरेको छ । संसारभरका केन्द्रिय बैंकले जारी गर्ने मौद्रिक नीतिले त्यहाँको सेयर बजारमा प्रभावित गर्छ ।

त्यसैगरी, बजार हल्ला, आमसञ्चार माध्यम अझ सामाजिक सञ्जालमा आएका सूचना र अनुमानका आधारमा पनि सेयर बजार घटबढ हुने गर्छ । त्यसैले समग्र लगानीकर्ता र बिशेषगरी नयाँ लगानीकर्ताले ऐतिहासिकरुपमा नेप्सेलाई प्रभाव पार्दै आएका विभिन्न कुराहरुको बिश्लेषण गर्दै निर्णय गर्नु नै बुद्धिमत्तापूर्ण हुन्छ ।

शेयर बजारलाई प्रभाव पर्ने अर्को तत्व भनेको प्राविधिक विश्लेषण पनि हो । प्राविधिक विश्लेषणले सबै अवस्थामा काम गर्दैन । तर सामान्य अवस्थामा यसले देखाउने विभिन्न संकेतले पछिल्ला दिनमा शेयर बजारलाई राम्रै प्रभाव पार्ने गरेको छ । यसले गर्दा प्राविधिक विश्लेषणमा पनि राम्रो ध्यान पुर्याउनु पर्छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार