Nepal Life

ग्लोबल आइएमई बैंकको लाभांश मंसिर ६ गतेसम्म शेयर किन्नेले पाउने, साधारणसभा मंसिर २७ गते आह्वान

Global Ime detail Page
  • BFIS News
  • 2024 Nov Tue 11:55
ग्लोबल आइएमई बैंकको लाभांश मंसिर ६ गतेसम्म शेयर किन्नेले पाउने, साधारणसभा मंसिर २७ गते आह्वान
Shikhar detail

काठमाडौं । ग्लोबल आइएमई बैंकको लाभांश मंसिर ६ गतेसम्म कायम शेयरधनीले पाउने भएका छन् । बैंकले साधारणसभा प्रयोजनका लागि मंसिर ८ गते शनिवार बुक क्लोज गर्ने भएको छ । 

NIMB

बैंकले लाभांश प्रस्ताव पारित गर्न मंसिर २७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल प्रज्ञा-पतिष्ठान, कमलादी, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । 

सभामा बैंकले ५.५० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ ।

राष्ट्र बैंकले बैंकको लाभांशलाई स्वीकृत गरेको छ । यस सँगै अव उक्त लाभांश साधारणसभाबाट पारित भए पश्चात शेयरधनीले पाउने छन् ।  

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया