Nepal Life

तिहार पछि सुस्तायो शेयर बजार, खरिद बिक्री भन्दा हेर्नमै मस्त छन् लगानीकर्ता

Global Ime detail Page
  • BFIS News
  • 2024 Nov Wed 16:02
तिहार पछि सुस्तायो शेयर बजार, खरिद बिक्री भन्दा हेर्नमै मस्त छन् लगानीकर्ता
National Life

काठमाडौं । तिहार पछि पनि शेयर बजार सुस्त देखिएको छ । बजारमा खासै धेरै उत्साह देखिदैन । सूचनाले प्रभाव पार्ने शेयर बजारमा अहिले खासै प्रभाकारी सूचनाहरु छैन । जसले गर्दा उतारचढाव देखिन सकेको छैन ।  

NIMB

तिहार पछिको पहिलो कारोबार दिनमा गिरावट देखिएको थियो । आज दोस्रो दिन पनि सामान्य अंकले घटेर बन्द भएको छ । बुधबार १.८८ अंकले घटेर २६७५.५१ अंकमा रोकिएको छ । भोलि नेपालीहरुको अर्को महान चाड छठ पर्वको विदा छ । त्यस पछि शुक्रवार र शनिवार दुई दिन कारोबार बन्द हुने भएकाले अव आइतबार मात्रै बजार खुला रहनेछ । 

आज ५ अर्ब २२ करोडको खरिद बिक्री भएको छ । अवका दिनमा शेयर बजारमा खासै ठुलो उताचढाव नदेखिने भएकाले पनि बजारमा उत्साह कम देखिन्छ । यदि यस विचमा केहि राजनीतिक घटनाक्रममा उथल पुथल भयो भने मात्रै बजारले प्रतिक्रिया जनाउनेछ अन्यथा अवको केहि समय बजारमा ठुलो उतारचढाव देखिने अवस्था नरहेको विश्लेषकहरु बताउछन् । तर बजारले क्रमिक रुपमा सुधारको लय भने पक्रिने विश्लेषकहरुको विश्लेषण छ । यसले गर्दा अवका दिनमा पैसा हुनेले क्रमश शेयर किन्दै जाने हो भने अवको ५/६ महिनामा राम्रै लाभ लिन सक्ने छन् । 

आज सर्वाधिक धेरै नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बलेफीको शेयर मूल्यमा पनि सर्किट लागेको छ । नेपाल फाइनान्सको सर्वाधिक धेरै कारोबार भएको छ ।  

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार