Nepal Life

सिटिजन लाइफमा एकै पटक १३ शाखा प्रमुखको विज्ञापन खुला

Global Ime detail Page
  • BFIS News
  • 2024 Nov Wed 19:53
सिटिजन लाइफमा एकै पटक १३ शाखा प्रमुखको विज्ञापन खुला
National Life

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ६ प्रदेशका १३ शाखा प्रमुखको विज्ञापन आह्वान गरेको छ । कम्पनीले शाखा तथा उप शाखा प्रमुखका लागि विज्ञापन खुला गरेको हो ।

NIMB

कम्पनीले मधेष प्रदेशमा जलेश्वर र महेन्द्रनर (धनुषा), बागमति प्रदेशको सिन्धुली, चरिकोट, कोटेश्वर, मैतिदेवी, गण्डकी प्रदेशको विर्तामोड, लुम्बिनी प्रदेशको कोहलपुर, बलवारी, रोल्पा, राजापुर, कर्णाली प्रदेशको श्रीनगर र सुदुरपश्चिम प्रदेशको दिपायलका लागि ब्रान्च म्यानेजर तथा शाखा प्रमुख खोजेको हो ।

कुनै पनि विषयमा स्नातक गरि सम्बन्धित क्षेत्रमा केहि वर्षको कार्यानुभव हुनु पर्नेछ । इच्छुक उम्मेद्वारले कार्तिक ३० गतेसम्म आवेदन दिन सक्ने छन् । एक्सेल, पावर प्वाइन्ट, माइक्रोसफ्ट वर्डको आधारभुत ज्ञान हुनु पर्नेछ ।

शाखा प्रमुखले नियमित रुपमा व्यवसायिक योजना तयार पार्नु पर्नेछ । ग्राहक सन्तुष्ट बनाउन सक्नेलाई कम्पनीले विशेष प्राथमिकता प्रदान गर्नेछ ।

सिटिजन लाइफले जीवन बीमा व्यवसायलाई अझ विस्तार गर्ने उद्देश्य सहित शाखा कार्यालयको क्षमता बढाइरहेको छ । रिक्त रहेका शाखा प्रमुखको नियुक्तिदेखि लिएर जनशक्तिको क्षमता अभिबृद्धिमा पनि ठुलो खर्च गरिरहेको छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार