Nepal Life

नबिल बैंकमा खाता खोल्दा स्वतः बीमा, ढुक्क बचत खातामा मेडिकल इन्स्योरेन्स पनि, 'दाबी भुक्तानी भने धेरै न्युन'

Global Ime detail Page
  • BFIS News
  • 2024 Nov Thu 12:26
नबिल बैंकमा खाता खोल्दा स्वतः बीमा, ढुक्क बचत खातामा मेडिकल इन्स्योरेन्स पनि, 'दाबी भुक्तानी भने धेरै न्युन'
National Life

काठमाडौं । नबिल बैंकले विभिन्न खाताहरुमा एकमुष्ठ रुपमा ऋणी तथा बचतकर्ताको बीमा गर्दै आइरहेको छ । तर अधिकाम्स बचतकर्ताहरुले आफ्नो बीमा भएको कुरालाई ध्यान नै दिदैनन् । उनिहरुलाई खाता खोल्दै बीमा भएको सामान्य जानकारी पनि दिइन्छ तर उनिहरुले यसबाट सजिलै दाबी पाउन सकिन्छ भन्ने कुरालाई भने विश्वास नै गर्दैनन् । जसले गर्दा बैंकले बीमा कम्पनीलाई हरेक वर्ष करोडौ रुपैयाँ बीमा शुल्कको रुपमा खर्चिए पनि दाबी भुक्तानी भने ज्यादै न्युन हुने गरेको छ । नबिल बैंकमा यदि तपाईको कुनै पनि बचत खातामा न्युनतम पनि ५० हजार रुपैयाँ भन्दा माथि निक्षेप रहेको छ भने स्वतः बीमा हुने व्यवस्था छ । 

NIMB

बैंकले नबिल ढुक्क बचत खाता, नबिल जेष्ठ बचत खाता, नबिल जेन एन एकाउन्ट लगाएत विभिन्न खाताधनीहरुको बीमा गर्ने गरेको छ । जसमा कतिपय ऋणीहरुको पनि बीमा हुने व्यवस्था छ । जुन बीमाका लागि लाग्ने 'बीमा शुल्क' कुनै पनि बचतकर्ता तथा ऋणी सँग छुट्टै लिइदैन । बैंकले स्किम अन्तर्गत रहेर एकमुष्ठ रुपमा बीमा कम्पनीहरुलाई बीमा शुल्क भुक्तानी गर्ने गर्छ । तर बचतकर्ताले दाबी भुक्तानीका लागि पत्तो नपाउदा यस्तो बीमाले सार्थकता भने भने पाउन सकेको छैन । 

नबिल ढुक्क बचत खाता

नबिल बैंकले यस्तो बचत खाता मार्फत प्राणघातक र आवधिक जीवन बीमा गर्ने गरेको छ । यति मात्रै नभइ बैंकले स्वास्थ्य बीमा समेत गरिदिएको हुन्छ । मेडिकल इन्स्योरेन्स अन्तर्गत अस्पतालमा भर्ना भएको खण्डमा ८० हजारसम्मको दाबी भुक्तानी पाउन सकिन्छ । अन्य क्लिनिकहरुमा गएर गरिएको उपचारको लागि पनि २० हजार सम्मको दाबी पाउन सकिन्छ । यदि बचतकर्ताको दुर्घटनाबाट मृत्यु भएमा १० लाख रुपैयाँ दाबी पाउन सक्ने व्यवस्था छ । १३ वटा घातक रोग मध्ये कुनै एक रोग लागेमा बैंकले तीन लाख रुपैयाँसम्मको कभरेज हुने गरेर बीमा गरिदिने गरेको छ । यसैमा ७५ हजारसम्मको आवधिक जीवन बीमा पनि हुने भएकाले यस अन्तर्गत बचतकर्ताको ३ लाख ७५ हजारसम्मको जोखिम कभर भएको हुन्छ ।

यस्तो सुविधा पाउन बचतकर्ताको खातामा कम्तिमा पनि एक लाख रुपैयाँ निक्षेप हुनु पर्छ । कम्पनीले सानिमा जिआइसी इन्स्योरेन्स कम्पनी मार्फत यस्तो बीमा गराउदै आएको छ । बचतकर्ताले यस्तो दाबी भुक्तानी सहजै पाउन सक्ने बैंकले जनाएको छ । दाबी भुक्तानीका लागि बचतकर्ता बीमा कम्पनीमा धाउनै पर्दैन । नजिकको शाखा कार्यालय मार्फत आवश्यक कागजात सहित प्रकृया अगाडी बढाएका छोटो समयमै दाबी पाउन सक्न बैंकले जनाएको छ ।

बीमा कम्पनीहरुले दाबी भुक्तानीमा महिनौं लगाइदिने र दिइहाले पनि अनेक बहानामा कम मात्रै रकम दिदा प्राय बीमितमा बीमा प्रतिको धारणा नै नकारात्मक रहने गरेको छ । यो बैंक मार्फत बीमा हुने भएकाले बीमा कम्पनीले व्यक्तिलाई दुख दिएको जस्तो बैंकलाई दुख नदिने भएकाले पनि बचतकर्ताले सहजै दाबी पाउने गरेका छन् । यस्तो बीमा गर्नु परेमा वार्षिक ३ देखि ४ हजार रुपैयाँ भुक्तानी गर्नु पर्छ । तर नबिलमा यस्तो बचत खाता खोल्दा विना खर्च स्वत बीमा हुन्छ । 

नबिल जेष्ठ बचत खाता

यस खाता मार्फत पनि बचतकर्ताको स्वत बीमा हुन्छ । यस बाट यदि बचतकर्तालाई सूचिकृत १३ वटा प्राणघातक रोग लाग्यो भने तीन लाख रुपैयाँ दाबी भुक्तानी प्रदान गर्छ । यसका साथै यदि बचतकर्ताको आत्महत्या बाहेक अन्य कुनै कारणले मृत्यु भएमा ७५ हजार रुपैयाँ दाबी पाउने गरि आवधिक जीवन बीमा गरिएको हुन्छ । यसका लागि बैंकले मेट लाइफसँग सम्झौता गरेको छ । बैंकले एकमुष्ठ रुपमा बचतकर्ताको बीमा गरिदिने गर्छ ।

नबिल जेन एन अकाउन्ट

नबिल बैंकले सूचना प्रविधिमा अभ्यस्त पछिल्लो नयाँ पुस्तालाई ध्यानमा राख्दै ल्याएको नबिल जेन एन खातामा पनि बीमाको व्यवस्था गरेको छ । यस मार्फत १३ वटा प्राणघातक रोगको कभरेज हुने गरि तीन लाख र ७५ हजारको आवधिक जीवन बीमा गरिदिएको छ । यसका लागि पनि बचतकर्ताले निश्चित शर्तहरु पुरा गर्नु पर्छ । जुन निकै सामान्य छन् ।

यस बाहेक कर्जाका लागि खोजिएका खाताहरूमा पनि बीमाको सुविधाहरु छन् । जसले बचतकर्ता तथा ऋणीको एक किसिमको जोखिमलाई बहन गर्ने प्रयास गरेको छ ।

यसरी बचतकर्ताको हितमा गरिएको बीमाको लाभ सम्बन्धित पक्षले दाबी नगर्दा बैंकले चिन्ता व्यक्त गर्दै आइरहेको छ । बैंकले खाता खोलिसके पछि आफ्नो बीमाको बारेमा बुझ्न अनुरोध समेत गरेको छ । भोलिका दिनमा केहि भवितव्य भइहाल्यो भने पनि दाबी भुक्तानीका लागि निसंकोच नजिकको शाखा कार्यालयमा गएर प्रकृया अगाडी बढाउन अनुरोध गरेको छ ।

यि हुन् १३ वटा प्राण घातक रोगहरु जुन लाग्ने वित्तीकै पाइन्छ ३ लाख दाबी भुक्तानी

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया