जीवन बीमामा जोखिमको मूल्याङ्कन: अण्डराइटर तथा व्यावसायिक अभिकर्ताले जोखिमाङ्कन गर्दा ध्यान दिनुपर्ने आधारहरु
- BFIS News
- 2024 Nov Sat 09:34
काठमाडौं । जीवन बीमामा जोखिमाङ्कनको निकै ठूलो महत्व रहेको हुन्छ । बीमितले बहन गरेको जोखिमको पहिचान र वर्गीकरण गर्ने कामलाई नै जीवन बीमा जोखिमाङ्कन भनिन्छ । जोखिमाङ्कनको माध्यमबाट नै बीमितलाई जोखिम अनुसारको बीमा शुल्क निर्धारण गरिन्छ । जीवन बीमामा जखिमाङ्कनको महत्व निम्न कारणले हुने गर्दछ ।
क. बीमितले बहन गरेको जोखिम अनुसारको बीमाशुल्क निर्धारण गर्न
ख. गलत छनौट भइ पहिचान र रोकथाम गरी कम्पनीको मुनाफा बृद्धिमा सहयोग गर्न
ग. स्वस्थ र गुणात्मक व्यापारको विकास गर्न
घ. परामर्श केन्द्र तथा मोरल हेजार्डको माध्यमबाट बीमालेख मालिकलाई पर्न सक्ने नोक्सानी कम गर्न
ङ. बीमितले बहन गरेका जोखिमलाई शुरुमै पहिचान गरी दाबी प्रकृयालाई सहज र सरल बनाउन
जीवन बीमा जोखिमाङ्कनको प्रकृया
जीवन बीमा जोखिमाङ्कन गर्दा अण्डरराइटरले प्रस्तावित बीमितको सन्दर्भमा मुख्ययाः तीन वटा विषयवस्तुलाई ध्यान दिनुपर्छ ।
१. स्वास्थ्य अवस्थाः प्रस्तावित बीमितको हाल विगत र परिवारका अन्य सदश्यहरुको स्वास्थ्य अवस्था समेत
२. व्यक्तिगत सूचनाः पेशा, दैनिक कार्य, उमेर, बासस्थान, रुची, बानी व्यहोरा र चाल-चलन, मानसिक अवस्था आदि
३ आर्थिक अवस्थाः प्रस्तावित बीमाङ्कको बीमाशुल्क तिर्न पुग्ने नियमित आम्दानीको श्रोत ।
जोखिमको विभाजन
कुनै क्षति, खतरा, चोटपटक आदिको संभावनालाई नै जोखिम भनिन्छ । व्यक्ति, समाज र व्यवसायिक कारोबारमा हुन सक्ने कुनै पनि प्रकारको क्षतिलाई जोखिमका रुपमा लिने गरिन्छ । भविष्यको बारेमा कुनै निश्चितता नहुनु नै जोखिमको अस्तित्व रहनुको कारण हो र जोखिम जहिले पनि अनिश्चित हुन्छ ।
दुर्घटना हुन्छ वा हुँदैन त्यो अनिश्चित छ, त्यसै गरी दुर्घटना भएमा त्यसको असर र क्षति कति हुन्छ भन्ने पनि अनिश्चित छ । जोखिम सँग जोखिम व्यवस्थापनका उपायहरु पनि छन् र उचित उपायबाट यसको व्यवस्थापन गर्न सकिन्छ । यसको व्यवस्थापन चरणबद्ध प्रकृयामा आधारित हुन्छ । यसमा सर्वप्रथम घटना हुन सक्ने सम्भावनाको पहिचान गरिन्छ तता सम्भावित क्षतिको परिमाण कतिसम्म हुन सक्छ भन्ने मापन गरिन्छ । त्यसपछि घटना घटेमा आफ्नो सम्पत्तीको पुनस्थापना वा सोधभर्ना गर्ने क्षमता के छ र क्षतिको परिमाण आफ्नो अनुमान भन्दा फरक भइ बढि भएमा बैकल्पिक स्रोत के छ यि सबैको विश्लेषण गरिन्छ । बीमा यिनै अनिश्चित जोखिम हस्तान्तरण गर्ने विधि र माध्यम हो । जोखिम मूख्यतया २ प्रकारका हुन्छन् ।
१. अनुमानित जोखिमः पुर्वानुमान गर्न सकिने जोखिम जस्को तीन वटा सम्भावित नतिजा हुन्छन् जसमा लाभ, नोक्सानी र कुनै परिवर्तन नहुनु रहेका छन् ।
२. शुद्ध जोखिमः अनिश्चित र फाइदारहित जोखिम, जसको २ वटा मात्र सम्भावित नतिजा हुन्छन् । नोक्सानी र कुनै परिवर्तन नहुनु । यसर्थ बीमाले शुद्ध जोखिम मात्र बहन गर्दछ ।
न्यूनतम खर्चमा बीमाशुल्क बुझाइ बफ्नो जीवनको सम्पत्ती आम्दानी दायित्व एवम् कामदारको यथोचित सुरक्षाको व्यवस्था गर्नु नै वास्तविक जोखिमको व्यवस्थापन हो । यहि आवश्यकताले नै बीमा क्षेत्रको विकास भएको हो । जोखिम छ, यसलाई बीमाको माध्यमबाट हस्तान्तरण गर्न सकिन्छ । तर सबै जोखिमलाई बीमा गर्न सकिन्छ भन्ने हुँदैन । बीमा हुन जोखिमका विशेष चरित्र हुन जरुरी छ । ति चरित्रहरु निम्न प्रकार छन् ।
१. क्षति किटान गर्न सकिने
२. निश्चित बीमाशुल्क निर्धारण गर्न सकिने
३. घटना अनिश्चित हुनुपर्ने
४. हस्तान्तरण गर्न बीमायोग्य हित हुनुपर्ने
जोखिम व्यवस्थापन
जोखिम प्रतिको मानवीय प्रवृत्तीलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ ।
१. जोखिमबाट टाढा रहनुः जे गर्दा जोखिम छ, त्यो नगरी जोखिमबाट टाढै रहने । यसलाई जोखिमबाट टाढा रहनु भनिन्छ । जस्तै सवारी साधन प्रयोग गर्दा दुर्घटना हुनसक्छ भन्ने लागेमा सवारी साधनको विकल्प तयार पार्ने । तर सम्भव नै नहुने कुराको हामीले व्यवस्थापन गर्न सक्दैनौ । भए मध्येबाट कम जोखिमयुक्त क्षेत्रलाई प्रयोग गर्ने ।
२. जोखिमलाई नियन्त्रण गर्नेः मानवीय प्रयासबाट सामना गर्नुपर्ने सम्भावित जोखिमबाट बच्न सकिने रहेछ भन्ने प्रमाण भइसकेको छ । जस्तैः मादक पदार्थ सेवन गरेको अवस्थामा सवारी साधन नचलाउने हो भने दुर्घटना कम गर्न सकिदो रहेछ र मानवीय तथा बर्थिक क्षति कम हुँदो रहेछ ।
३. जोखिमलाई स्वीकार गर्नुः सम्भावित जोखिमको व्यवस्थापन नगरी बस्नु नै जोखिमलाई स्वीकार गर्नु हो । मान्यतया मानिसले बुझेर वा नबुझेर जोखिम स्वीकार गरेकै पाइन्छ ।
४. जोमिलाई हस्तान्तरण गर्नुः आफ्नो जोखिमलाई अरुमा सार्ने कामलाई जोखिम हस्तान्तरण भनिन्छ । जीवन बीमाको माध्यमबाट आफूमा भएको जोखिम बीमा कम्पनीमा सार्न सकिन्छ । यो नै जोखिम व्यवस्थापनको सबैभन्दा राम्रो उपाय बन्न सक्छ । वास्तवमा जीवन बीमा मानिसको नभई मानिसको जीवनको विरुद्ध आइपर्ने जोखिमको व्यवस्थापन हो ।
वित्तीय जोखिमाङ्कन
वित्तीय जोखिमाङ्कन जीवन बीमाको अर्को महत्वपूर्ण पक्ष हो । बीमा गराउँदा प्रस्तावित बीमको आर्थिक अवस्थाको लेखाजोखा गर्ने कामलाई नै वित्तीय जोखिमाङ्कन भनिन्छ । यस अन्तर्गत प्रस्तवित बीमिले प्रस्ताव गरेको बीमाङ्कको बीमाशुल्क बुझाउन सक्ने आधारहरु र प्रस्ताव गरिएको बीमाङ्क ब्यहोर्नुपर्ने वास्तविक क्षति भन्दा बढि भए नभएको हेर्ने गरिन्छ । कमजोर वित्तीय जोखिमाङ्कनले बीमालेखको व्यतित हुने दर बढाउने मात्र नभई Adverse Selection पनि बढ्न सक्ने हुँदा बीमा कम्पनीहरुको वित्तीय जोखिमाङ्कन सबल हुनु जरुरी छ । यसैले नै बीमा कम्पनीमा अण्डराइटिङ विभागको अलग्गै अस्तित्व र पहिचान रहेको हुन्छ । कम्पनी अनुसार बीमा कम्पनीमा आ-आफ्नै वित्तीय जोखिमाङ्कनका आधारहरु हुन सक्छन् । सामान्यतया बीमितको जम्माजम्मी जोखिम उसको वार्षिक आम्दानीको १० गुणा भन्दा बढी नहुने गरी निर्धारण गर्ने गरिन्छ । जीवन बीमा कम्पनीमा निम्न कारणले वित्तीय जोखिमाङ्कनको ठुलो महत्व छ ।
१. बीमालेखको व्यतित दर कम गर्नः बीमालेख व्यतीत हुनु बीमित, अभिकर्ता र कम्पनी कसैको पनि हितमा हुँदैन । बीमितको वास्तविक आम्दानीको आधारमा बीमाङ्क रकम निर्धारण गर्दा बीमालेख व्यतित हुने संभावना कम हुन्छ । अहिले नेपालका बीमा कम्पनीहरुमा देखिएको उच्च व्यतितदर चुनौतीको रुपमा देखिउको छ । जीवन बीमालाई परम सद् विश्वासमा आधारित व्यवसायको रुपमा आत्मसाथ गरी वित्तीय जोखिमाङ्कनलाई सवल बनाउन सके यो समस्याको समाधान हुन सक्दछ ।
२. बढी बीमाङ्कको माध्यमबाट हुने गलत छनोट रोक्नः बीमितको वास्तविक क्षमता र आवश्यकता भन्दा बढीको बीमा हुनु पनि एक प्रकारको Adverse Selection हो । यसले सिङ्गो बीमा व्यवसायलाई नैअमर्यादित बनाउने मात्र नभइ बीमालाई जुवाको रुपमा समेत प्रयोग गर्ने संभावना रहन्छ । सवल वित्तीय जोखिमाङ्कनले यस्तो प्रकारको Adverse Selection हुन नदिन सहयोग गर्छ ।
३. गुणस्तरीय बीमा व्यवसायको प्रवर्द्धन गर्नः वित्तीय जोखिमाङ्कन गुणस्तरीय बीमा व्यवसायको आधार हो । समस्यारहित किसिमले बीमा अवधिभर बीमालेख जारी हुनु र बीमिको संभावित वास्तविक क्षति बमोजिमको बीमा नै गुणस्तरीय बीमा हो । यसको प्रत्याभूति सवल वित्तीय जोखिमाङ्कनबाट मात्रै अपेक्षा गर्न सकिन्छ ।
४. कम्पनीको मुनाफा बृद्धिमा सहयोग पुर्याउनः वित्तीय जोखिमाङ्कनले अधिक बीमा हुन नदिइ कम्पनीको मात्र नभइ समग्र बीमित र शेयरधनीहरुलाई समेत मुनाफा बृद्धिको माध्यमबाट लाभान्वित पार्ने काम गर्दछ ।
महिलाहरुको जीवन बीमा प्रस्ताव
जीवन बीमा आर्थिक सुरक्षामुखी दीर्घकालिन करार हो । जीवन बीमा गरेपछि बीमा अवधिभर बीमकले निर्धारण गरेको बीमा शुल्क नियमित रुपले तिर्नुपर्दछ । आम्दानीको अभावमा बीमाशुल्क तिर्न सकिदैन । नेपालको सन्दर्भमा अधिकांश महिलाहरु घरायसी काममा नै व्यस्त हुने हुँदा उनिहरुको आफ्नो स्वतन्त्र बम्दानी कमै मात्रामा हन्छ । तर पनि उनिहरुलाई बीमाको सुविधा दिन बीमा कम्पनीहरुले आ-आफ्नै किसिमबाट प्रयास गरेका छन् । महिलाहरुको आर्थिक सुरक्षा र सामाजिक भलाईका लागि अवलम्बन गरेको पेशा, शैक्षिक स्तर, सामाजिक अवस्था आदिका आधारमा जीवन बीमा सेवा प्रदान गर्ने अभ्यास गरिएको छ ।
स्वास्थ्य परीक्षण गर्नु पर्ने नपर्ने
मानिसको जीवनलाई उसको स्वास्थ्य अवस्थाले प्रत्यक्ष प्रभाव पारेको हुन्छ । त्यसैले जीवन बीमा गर्दा बीमकले प्रस्तावकको स्वास्थ्य अवस्थाको जानकारी लिनु आवश्यक छ । प्रस्तावकको स्वास्थ्य अस्थाको जानकारी लिन स्वास्थ्य परीक्षण प्रतिवेदन एक महत्वपूर्ण औजार हो । प्रस्तावकको स्वास्थ्य अवस्था, उमेर र प्रस्ताव गरिएको बीमाङ्कको आधारमा बीमा कम्पनीहरुले स्वास्थ्य परीक्षण गर्नुपर्ने/नपर्ने सिमा निर्धाण गरेका हुन्छन् ।
पेशागत जोखिम मूल्याङ्कन
बीमितको जोखिमलाई असर पार्ने अर्को महत्वपुर्ण तत्व भनेको उसको पेशा हो । बीमितको पेशाले उसको जोखिमलाई प्रत्यक्ष प्रभाव पार्छ । पेशा र कामको प्रकृति अनुसार कुनै पेशा र कामले स्वास्थ्यमा त कुनैले दुर्घटनामा प्रभाव पारेको हुन्छ । उदारहणका लागि सिमेन्ट कारखानाको उत्पादनमा काम गर्ने श्रमिकमा स्वास्थ्य समस्याको जोखिम हुन सक्दछ भने बिजुलीको खम्बा चढ्ने व्यक्तिमा दुर्घटनाको सम्भावना बढी हुन्छ । त्यसैले बीमितको जोखिमाङ्कन गर्दा उसको पेशाबाट उत्पन्न जोखिमलाई राम्रो सँग मूल्याङ्कन गर्नुपर्दछ । जोखिमयुक्त पेशामा संलग्न बीमितहरुको अवस्था हेरेर अरिक्ति बीमा शुल्क बुझाउनु पर्ने हुन सक्छ ।
अभिकर्ताले गर्ने जोखिमाङ्कन
बीमा अभिरक्ता बीमा कम्पनीको प्रतिनिधि मात्रै नभएर प्रस्तावित बीमितको प्रत्यक्षदर्शी, अनुसन्धानकर्ता र जानकार समेत हो । बीमा अभिकर्ताको समयोगमा बीमाको आवेदन फारम मार्फत जानकारी गराईएका सूचनाका आधारमा कम्पनीले प्रतावित बीमितको ठूलो रकमको जोखिम स्वीकार गर्दछन् । त्यसैले बीमा अभिरक्ताले प्रस्तावित बीमितको सम्बन्धमा जोखिम हुन सक्ने पक्षहरुको जानकारी राख्नु तथा आवेदन फराम अभिकरत् रिपोर्ट मार्फत कम्पनीलाई जानकारी गराउन उसको कर्तव्य हुन आउछ । बीमितको बारेमा जानकारी समेत बीमा अभिकर्ता नै हुने हुनाले कम्नपी र बीमित दुबैको हित हेरेर काम गर्नुपर्दछ । त्यसैले बीमा अभिकर्तालाई Field Underwriter समेत भनिन्छ । एउटा असल बीमा अभिकरत्ले जोखिमाङ्कनको सम्बन्धमा प्रस्तावित बिमितको निम्न जोखिमयुक्त तत्वहरुको बारेमा राम्रो सँग विचार पुर्याउन पर्छ ।
१. स्वास्थ्य सम्बन्धी जोखिमका तत्वहरु
जीवन बीमामा स्वास्थ्य अवस्थाले प्रत्यक्ष प्रभाव पार्छ । स्वास्थ्य अवस्थाको कारणबाट प्रस्तावित बीमामा अतिरिक्त शुल्क लाग्ने मात्र नभई प्रस्तावित आवेदन अस्वीकृत समेत हुन सक्दछ । त्यसैले प्रस्तावित बीमितको स्वास्थ्य अवस्थाका बारे अभिकर्ता निम्न कुरामा सजग हुनुका साथै आवेदन फारम मार्फत यि विषयहरु विस्तृत रुपमा जानकारी गराउनु पर्छ ।
क. प्रस्तावित बीमितको हालको स्वास्थ्य अवस्था
ख. प्रस्तावित बीमितको यसअघिको हालको स्वास्थ्य अवस्था
ग. पारिवारिक स्वास्थ्य अवस्था
व्यक्तिगत जोखिम तत्वहरु
प्रस्तवित बीमितका निम्न व्यक्तिगत विषयहरुमा बीमा अभिकर्ता जानकारी हुनुपर्छ
क. पेशा ख. दैनिक गर्नुपर्ने काम
ग. उमेर घ. लिङ्ग
ङ. वासस्थान च. रुची
छ. बानी व्यहोरा ज. मानसिक अवस्था आदी
वित्तीय जोखिमका तत्वहरु
एउटा असल र व्यवसायिक बीमा अभिकर्ताले बीमा गराउने विषयलाई मात्र प्राथमिकता दिने होइन कि त्यो बीमाको सहजतापूर्वक निरन्तरता र बीमितले परिपक्व लाभ लिन सक्ने कुराको समेत पूर्व आकलन गर्न सक्नु पर्दछ । बीमाको परिपक्व लाभ ले मात्र बीमित स्वयंलाई सन्तुष्ट बनाउन सक्दछ । त्यसैले अभिकर्ताले बीमा गराउँदा प्रस्तावित बीमितको आम्दानी अनुसारको बीमा गराउनु पर्दछ । बीमालेख बीचमा बन्द वा व्यतित हुँदा बीमित, बीमक र स्वयम् अभिकर्तालाई समेत घाटा लाग्दछ । जीवन बीमा गराउँदा प्रस्तावित बीमितको वार्षिक आम्दानीको १० गुणाभन्दा बढी कम्नपीले ग्रहण गर्नुपर्ने जम्मा जोखिम नहुने गरी बीमाङ्क निर्धारण गर्नुपर्दछ भन्ने मान्यलाई मनन गर्नुपर्दछ ।
सम्पत्ती शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलाप सम्बन्धी बीमकले पालना गर्नुपर्ने अवस्था
बीमा व्यवसायलाई पारदर्शी एवम् विश्वसनीय ढंगबाट सञ्चालन गर्न तथा स्वच्छ वित्तीय कारोबारको सुनिश्चितता राख्न बीमकले सम्पत्ती शुद्धिकरण (मनि लाउन्डरिङ्ग) तथा आतङ्कवादी क्रियाकलाप सम्बन्धी जारी ऐन, निर्देशिकाहरु समेत पालना गर्नपर्ने कर्तव्य हुन्छ । तसर्थ, बीमामा हुने बर्थिक कारोबार स्वच्छ पारदर्शी र वित्तीय अनुशासनभित्र रहेको पुष्टी गर्न बीमकले सदैव सोही अनुरुप नीति-नियम बनाई कार्य सम्पादन तथा कार्यान्वयन गर्नुपर्ने हुँदा आर्थिक जोखिमाङ्कन गर्ने क्रममा प्रस्तावित बीमितको आयस्रोतको विस्तृत जानकारी अवश्यक पर्ने हुँदा बीमकले थप विवरणहरु माग गर्न सक्नेछ ।
साथै सम्पत्ती शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०७५ बमोजिम एक वर्षमा एक लाख वा सोभन्दा बढी रकम बीमाशुल्क तिर्नुपर्ने गरी जीवन बीमालेख खरिद गर्न चाहेन प्रस्तावित बीमितले आफ्नो आयस्रोत खुल्ने कागजातहरु, करचुक्ता प्रमाणपत्रहरु लगायत कम्पनीले तेकेको ढाँचाको फारम मार्फत आर्थिक जानकारीहरु अनिवार्य उपलब्ध गरानुपर्छ ।
प्रतिक्रिया