Nepal Life

शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा, ५ प्रतिशत नगद सहित ३ प्रतिशत बोनस शेयर पनि पाउने

Global Ime detail Page
  • BFIS News
  • 2024 Nov Sun 10:20
शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा, ५ प्रतिशत नगद सहित ३ प्रतिशत बोनस शेयर पनि पाउने
National Life

काठमाडौं । शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकको कार्तिक २३ गते साझ साढे ४ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश र तीन प्रतिशत बोनस शेयर सहित ८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

NIMB

हाल बैंकको चुक्ता पूँजी ४ अर्ब ७३ करोड रहेको छ । बैंकले गत वर्षको वितरण योग्य मुनाफाबाट ४१ करोड ७३ लाख रुपैयाँ वितरण गर्ने भएको हो । यस मध्ये ३ प्रतिशत अर्थात १४ करोड २० लाख रुपैयाँ बोनस शेयर र ५ प्रतिशत अर्थात २३ करोड ६६ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि मात्रै साधारणसभा आह्वान गर्न सक्नेछ । साधारणसभाले लाभांश पारित गरेपछि मात्रै शेयरधनीले पाउने छन् ।  

बैंकले विगत एक दशकमा वितरण गरेको लाभांश 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया