Nepal Life

बैंकिङ प्रणालीमा अधिक तरलता सँगै राष्ट्र बैंकले ५० अर्ब तान्दै, बैंकहरुमा ७ खर्ब भन्दा धेरै लगानीयोग्य रकम थुप्रियो

Global Ime detail Page
  • BFIS News
  • 2024 Nov Sun 12:42
बैंकिङ प्रणालीमा अधिक तरलता सँगै राष्ट्र बैंकले ५० अर्ब तान्दै, बैंकहरुमा ७ खर्ब भन्दा धेरै लगानीयोग्य रकम थुप्रियो
National Life

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट फेरि ५० अर्ब रुपैयाँ तान्न लागेको छ । प्रणालीमा अधिक तरलता देखिए पछि निक्षेपको व्याजदर तल झर्न नदिन राष्ट्र बैंकले प्रणालीबाट लगातार पैसा तान्दै आइरहेको छ । अहिलेको अवस्थामा राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २ खर्ब ८५ अर्ब तानेर राखेको छ । 

NIMB

प्रणालीमा अधिक तरलता थुप्रिएसँगै राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । केन्द्रिय बैंकले २१ दिनका लागि निक्षेप संकलन बोलकबोल मार्फत ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो । पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप (डिपोजिट) बढिरहेको तर सोही अनुसार कर्जा माग नहुँदा तरलता थुप्रिरहेको छ । 

गत कात्तिक २१ गते मात्रै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण मार्फत २१ दिनका लागि १०० अर्ब तरलता प्रशोचन गरेको थियो । सो दिन राष्ट्र बैंकले १ खर्ब माग गरेकोमा बैंक तथा वित्तीय संस्थाहरुले मागेको भन्दा दोब्बर बढी २ खर्ब ७ अर्ब १० करोड बुझाउन चाहेका थिए । तर राष्ट्र बैंकले २.८६ प्रतिशत औसत ब्याजदरमा १ खर्ब मात्र लिएको थियो । 

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले अधिक तरलताको २ खर्ब ८५ अर्ब १५ करोड रुपैयाँ राष्ट्र बैंकमा राखेका छन् । बैंकहरुले निक्षेप संकलन उपकरणमा १०० अर्ब तथा स्थायी निक्षेप सुविधा एसडीएफमा १ खर्ब ८५ अर्ब १५ करोड रुपैयाँ राखेका छन् । 

राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार हाल वित्तीय प्रणालीको निक्षेप ६६ खर्ब ३६ अर्ब नाघेको छ भने ५२ खर्ब ७५ अर्ब कर्जा लगानी पुगेको छ । हाल बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) औसतमा ७८.१६ प्रतिशत कायम रहेको छ । बैंकहरुले यस्तो अनुपात ९० प्रतिशतसम्म कायम गरेर लगानी गर्न पाउँछन् । बैंकहरुको हालको सीडी रेसियो हेर्दा बैंकहरुमा झण्डै ७ खर्ब रुपैयाँ लगानी योग्य रकम रहेको देखिन्छ । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया