Nepal Life

एनएमबी लघुवित्त पुरानै लयमा फर्किदै, मुनाफामा देखिन थाल्यो, खुद व्याज आम्दानी ४०.८५ प्रतिशतले बृद्धि

Global Ime detail Page
  • BFIS News
  • 2024 Nov Tue 06:32
एनएमबी लघुवित्त पुरानै लयमा फर्किदै, मुनाफामा देखिन थाल्यो, खुद व्याज आम्दानी ४०.८५ प्रतिशतले बृद्धि
National Life

काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्था पुरानै लयमा फर्किन थालेको छ । खराव कर्जाले थिलिएको संस्थाले कर्जा रिकभरी सँगै खुद व्याज आम्दानीमा पनि उल्लेख्य सुधार गर्न सफल भएको छ ।

NIMB

संस्थाले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाशिक अवधिमा ७१ लाख ५४ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा संस्था नोक्सानमा देखिएको थियो ।

समिक्षा अवधिमा संस्थाले खुद व्याज आम्दानी ४०.८५ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । संस्थाले तीन महिनामा ८ करोड ८ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत वर्षको यहि अवधिमा ५ करोड ७४ करोड रुपैयाँ आर्जन गरेको थियो ।

खराव कर्जा भने अझै पनि ६.३७ प्रतिशत छ । गत वर्षको यहि अवधिमा ७.२७ प्रतिशत छ । स्प्रेडदर ४.२६ प्रतिशत छ । संस्थाले समिक्षा अवधिमा संस्थाले एक अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन तथा तीन अर्ब ३८ करोड रुपैयाँ बरोइङ गर्दै ५ अर्ब ४९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

संस्थाको चुक्ता पूँजी ७२ करोड १४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २० करोड २ लाख रुपैयाँ जम्मा भएको छ । प्रतिशेयर आम्दानी भने ३.९७ रुपैयाँ छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया