Nepal Life

मुक्तिनाथ विकास बैंक साफा बिपिए अवार्डद्धारा सिर्टिफिकेट अफ मेरिटबाट दोस्रो पटक सम्मानित

NMB Bank
  • BFIS News
  • 2024 Nov 12 12:35
मुक्तिनाथ विकास बैंक साफा बिपिए अवार्डद्धारा सिर्टिफिकेट अफ मेरिटबाट दोस्रो पटक सम्मानित
National Life

काठमाडौं । कार्तिक २७ गते । श्रीलंकको कोलम्बोमा सम्पन्न दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (SAFA) Best Presented Annual Report अवार्डस २०२३, अन्तर्गत मुक्तिनाथ विकास बैंक वित्तीय सेवा क्षेत्र (Financial Services Sector) तर्फ “Certificate of Merit” द्धारा सम्मानित भएको छ । यो पुरस्कार बाट मुक्तिनाथ विकास बैंक २०२१ र २०२३ साल गरि दोस्रो पटक सम्मानित भएको छ ।

Shikhar
NIMB

दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (SAFA) ले Best Presented Annual Report Award विभिन्न विधाहरुमा प्रस्तुत गरेको थियो । दक्षिण एसियन देशहरु बाट प्रस्तुत गरिएका वार्षिक प्रतिवेदनहरु लाई उक्त कार्यका लागि गठन गरिएको सोही संस्थाको समितिले मूल्याङ्कनको आधारमा छनोट गरेको हो । विधाहरुमा वित्तीय सेवा क्षेत्र मध्येबाट मुक्तिनाथ विकास बैंकले यो अवार्ड प्राप्त गरेको छ ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले यस बैंकको वार्षिक प्रतिवेदन मूल्याङ्कनको लागि दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्समा पठाएको हो । उक्त अवार्ड बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गर्नुभएको थियो । वार्षिक प्रतिवेदन प्रस्तुत गरे बापत बैंकलाई दिईने उक्त सम्मानलाई अति प्रतिष्ठित सम्मान मानिने गरिएको छ । यसरी अन्तरष्ट्रिय क्षेत्रमा समेत बैंक सम्मानित हुँदा बैंकमा कार्यरत कर्मचारीहरुलाई थप उर्जा मिल्ने बैंकले जनाएको छ ।

साथै, बैंकले विकास बैंकले प्रर्वद्धन गरेको नेपालको पहिलो सामुहिक लगानी कोष (Mutual Fund) “मुक्तिनाथ म्युचुअल फण्ड” यहि आउँदो मंसिर महिना भित्र सार्वजनिक निष्काशन मार्फत् इकाईहरु बिक्रिमा ल्याउने भएको छ । यस कोषको प्रवद्र्घक मुक्तिनाथ विकास बैंक रहेको छ  भने योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलले रहेको छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया