सोनापुर मिनरल्सको सञ्चालन आम्दानी ७९ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी ११ रुपैयाले ऋणात्मक
- BFIS News
- 2024 Nov Thu 07:00
काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको मुनाफामा भारी गिरावट आएको छ । सञ्चालन आम्दानीमा गिरावट सँगै नाफा पनि घटेको हो ।
कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा २ करोड ६२ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले ८ करोड ७२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा ६९.९१ प्रतिशतले मुनाफामा गिरावट देखिएको हो । सञ्चालन मुनाफामा गिरावट सँगै कम्पनी ८ करोड ५५ लाखले नोक्सानमा देखिएको छ ।
कम्पनीको वित्तीय खर्च २५ करोड ९५ लाख रुपैयाँबाट घटेर ७ करोड ७४ लाख रुपैयाँमा सीमित भएको छ। जसका कारण नोक्सानी घट्न पुगेको हो।
३ अर्ब ७ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १ अर्ब ८५ करोड ८७ लाख रुपैयाँ सञ्चित छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ १३ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ४५ पैसा रहेको छ।
प्रतिक्रिया