Nepal Life

बैंकले उत्कृष्ट सेवा दिन कर्मचारी सन्तुष्ट हुनु पर्छ, समस्या जहाँबाट सुरु भएको हो त्यहीँबाट निप्ट्याउन गभर्नरको निर्देशन

Global Ime detail Page
  • BFIS News
  • 2024 Nov Fri 17:27
बैंकले उत्कृष्ट सेवा दिन कर्मचारी सन्तुष्ट हुनु पर्छ, समस्या जहाँबाट सुरु भएको हो त्यहीँबाट निप्ट्याउन गभर्नरको निर्देशन
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकले उत्कृष्ट दिन कर्मचारी सन्तुष्ट पार्नु पर्ने बताएका छन् । नेपाल बैंकको ८८ औं वार्षिकोत्सवको अवसरमा आफ्नो मन्तव्य राख्ने क्रममा उनले कर्मचारीको मनोबल बढाउनका लागि व्यवस्थापनले आफ्ना कर्मचारीलाई सन्तुष्ट पार्नु पर्ने बताएका हुन् ।

NIMB

कर्मचारीका साथै सेवाग्राही पनि बैंकको सेवाबाट सन्तुष्ट हुनु पर्ने उनको धारणा रहेको छ । यो सबै काम सेवाग्राहीलाई केन्द्रित गरेर अगाडी बढ्नु पर्ने गभर्नर अधिकारीको भनाइ छ । उनले थपे, उच्च मनोबल बनाउन सबै व्यक्तिगत आकांक्षा पुरा हुनै पर्छ भन्ने छैन आफ्नो ठाउँबाट गर्न सक्ने काम गरे पुग्छ । गभर्नर अधिकारीले यहि शिलशिलामा कर्मचारीको उच्च मनोबल नै व्यवस्थापनको ठुलो सफलता भएको बताए ।

गभर्नर अधिकारीले समस्या जहाँबाट सुरु भएको हो त्याँहीबाट निप्ट्याउन समेत बैंकहरुलाई अनुरोध गरेका छन् । उनले भने 'यदि फ्रन्ट डेक्ट वा काउन्टरबाटै हुने काममा समस्या आयो र त्यो बढ्दै गयो भने पछि गएर त्यसले थप जटिल बनाउदै जान्छ । त्यो माथि माथि जादै गर्दा समस्याग्रस्त हुन सक्छ । त्यसकारण जति सकिन्छ समस्या जाहाँबाट सुरु भएको हो त्याहीबाट निप्ट्याउने प्रयास गर्नु पर्छ ।'

गभर्नर अधिकारीले हाम्रो बैंकिङ क्षेत्रमा यस्तो रोग बढ्दै गइरहेको बताएका छन् । केहि बैंकका शाखाहरु तथा काउन्टरहरुले सेवाग्राहीहरुको संरक्षणका कुराहरुलाई ख्यान नगरिदाखेरी त्यो माथि माथि हुँदै आउने यद्यपी उच्च व्यवस्थापनसम्म पुग्ने गरेको उनले बताए । कतिपय अवस्थामा यो भन्दा पनि माथि नियामककोसम्म आइपुग्ने अवस्था बन्ने उनको भनाइ छ । त्यसले ग्राहक र बैंक विच थप कठिनाइहरु ल्याउने उनले बताए ।

वार्षिकोत्सवको अवसरमा गभर्नरले नेपाल बैंकलाई उत्पादनशिल क्षेत्रमा कर्जा प्रवाह गर्न अनुरोध गर्नुका साथै डिजिटल बैंकिङमा थप जोड दिन आग्राह समेत गरेका छन् । नेपाल बैंकको हिजोको कमजोर अवस्थालाई स्मरण गर्दै पुनः राष्ट्र बैंकले इन्भेन गर्नु पर्ने अवस्थाको सिर्जना नगर्न निर्देशन दिएका छन् । सरकार तथा दात्रृ निकायले ठुलो लगानी गरेर रिकभर गरेको नेपाल बैंकलाई पहिलाको जस्तो मिस म्यानेजमेन्ट नगर्न उनले चेतावनी समेत दिएका छन् ।  

राष्ट्र बैंकले सरकारी लगानीको नेपाल बैंक तथा अन्य निजी स्तरका बाणिज्य बैंकहरुलाघ एउटै प्लेयरको रुपमा हेर्न चाहेको उनले बताए । उनले भने 'नेपाल राष्ट्र बैंक नियामक भएको नाताले सबै बैंक वित्तीय संस्थालाई एउटै प्लेयरको रुपमा हेर्न चाहन्छौ । सबैले एकै किसिमको नियम भित्र बसेर सबैले एकै खालको व्यवस्था भित्र बसेर प्रतिस्पर्धात्मकरुपमा आफ्ना सेवाहरु प्रवाह गरुन । यसमा कहि कतै फरक अनुभुति गर्नु भयो भने हामी सुनुवाइ गर्न तत्पर छौ । सरकारी बैंकहरुलाई अन्य निजी बैंकहरुको भन्दा फरक ट्रिटमेन्ट गर्न चाहदैन । नेपाल बैंकले अन्य १९ वटाबाणिज्य बैंक सँग प्रतिस्पर्धा गर्नु पर्छ ।'

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया