एकल अंकको व्याजदरलाई सदुपयोग गर्न नेपाल बैंकका सिइओ पाण्डेयको उद्योगीहरुमा अनुरोध
- BFIS News
- 2024 Nov Fri 18:30
काठमाडौं । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेयरले उद्योगी व्यवसायीहरुलाई एकल अंकको व्याजदरको सदुपयोग गर्न अनुरोध गरेका छन् । नेपाल बैंकको ८८ औं वार्षिकोत्सवको अवसरमा उनले बैंकहरुमा कर्जाको माग ज्यादै न्युन हुँदा व्याजदर निकै तल झरेको बताएका छन् ।
उनले भने 'गएको वर्षको यहि समयमा उद्योगी व्यवसायीका छाता संघठनले विभिन्न सार्वजनिक फोरममा कर्जाको व्याजदर एकल अंकमा आउने हो भने लगानी गर्न सक्छौ भनिरहनु भएको थियो । आजका दिनमा उहाँहरुले भनेजस्तो व्याजदर एकल अंकमा झरेको छ ।'
अहिले लगानीको लागि सबैभन्दा उपयुक्त अवस्था रहेको उनको भनाइ छ । बैदेशिक मुद्राको सञ्चितिदेखि लिएर बैंक वित्तीय संस्थामा रहेको अधिक तरलताले गर्दा यस्तो अवस्थामा लगानीको लागि पर्ख र हेरको अवस्था नरहेको उनले बताए । उनले थपे 'म उद्योगी व्यवसायीलाई भन्न चाहन्छु यो लगानी गर्ने अवसर हो । वैदेशिक मुद्राको सञ्चितको फाइदा, बैंकहरु सँग भएको निक्षेपको फाइदा, अहिलेको तरलताको फाइदा उद्योगपति व्यवसायीले लिनु पर्छ ।' उनले अहिले कर्जाको माग हुन नसक्नुमा सबैभन्दा प्रमुख कारण कन्फिडन्टको विकास हुन नसक्नु बताएका छन् ।
नेपाल बैंकले आजका दिनमा सबै क्षेत्रमा उलेख्य सुधार गर्दै गर्दा खराव कर्जालाई भने सुधार गर्न नसकिएको स्वीकार गरेका छन् । उनले गएको मंसिर दोस्रो सातामा अवरल वर्षा पछिको ठुलो जनधनको क्षतीले खराव कर्जा थप बढेको बताएका छन् । मानवीय संबेदनलाई ध्यानमा राख्दै बैंकहरुले कर्जा रिकभरीमा लचिलो बन्दा खराव कर्जा बढेको उनले प्रष्ट पारे ।
आज भन्दा ८७ वर्ष पहिला आजैका दिनमा पब्लिक प्राइभेट पार्टनरसिपको रुपमा नेपाल सरकार र निजी क्षेत्रका केहि उद्योगीहरुको संयुक्त लगानीमा नेपाल बैंकको स्थापन भएको थियो । बैंकको सुरुवाती चुक्ता पूँजी ८ लाख ४२ हजार रहेकोमा आजका दिनमा आजका दिनमा १४ अर्ब ६९ करोड रहेको बैंकका प्रमुख कार्यकारि अधिकृत पाण्डेयले बताए । बैंकको जगेडामा २३ अर्ब भन्दा माथि छ रहेको छ । बैंकको २२९ वटा शाखा, ६० वटा एक्सेन्टन्सन काउन्टर, ९० वटा एटिएम रहेका छन् । बैंकले २१५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने २९० अर्ब निक्षेप संकलन गरेको छ ।
नेपाल बैंक आजका दिनमा एकदमै व्यवसायीक र प्रतिस्पर्धी बैंकको रुपमा रहेको सिइओ पाण्डेको भनाइ छ । नेपाल बैंक सँग भएका कर्मचारीको औषत उमेर ३५ वर्ष रहेको छ । कर्मचारीको औषत अनुभव ८ वर्ष रहेको छ । ३५ सय कर्मचारी रहेको नेपाल बैंकले नेपालको विकासमा ठुलो टेवा पुर्याएको पाण्डेले दाबी गरे । उनले नेपालको पुर्वधार क्षेत्रमा बैंकहरुले ठुलो लगानी गरेको बताए । नेपालमा लोडसेडिङको अन्त्य हुनुमा सबैभन्दा ठुलो भुमिका बैंकहरुको रहेको उनले दाबी गरेका छन् । बैंकहरुले विना धितो प्रोजेक्ट हेरेर अर्बौ रुपैयाँ लगानी गरेकै कारण लोडसेडिङको अन्त्य भएको उनले बताए ।
प्रतिक्रिया