NIMB Header 2
Nepal Life

साइबर प्रविधिमा आधारित ठगीमा १९ देखि २४ वर्षका व्यक्तिको सम्लग्नता , अधिकाम्सको पेसामा 'विद्यार्थी' उल्लेख

National Life
  • BFIS News
  • 2024 Nov 17 16:52
साइबर प्रविधिमा आधारित ठगीमा १९ देखि २४ वर्षका व्यक्तिको सम्लग्नता , अधिकाम्सको पेसामा 'विद्यार्थी' उल्लेख
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईले 'Strategic Analysis Report, 2024' सार्वजनिक गरेको छ । इकाइले यस वर्ष साइबर प्रविधिमा आधारित ठगी (Cyber Enabled Frauds) का विषयमा तयार पारेको प्रतिवेदन नेपाल सरकारसमक्ष पेस गरी आज सार्वजनिक गरिएको हो ।

Shikhar
NIMB

सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा १०(१) को खण्ड (झ) मा सम्पत्ति शुद्धीकरण तथा आतड्ढवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको प्रकार, कसूर गर्ने प्रविधि, पद्धति तथा प्रवृत्ति समेतका विवरण संलग्न गरी आफ्नो काम कारबाही सम्बन्धी वार्षिक प्रतिवेदन राष्ट्र बैंक मार्फत नेपाल सरकारसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।

प्रतिवेदनमा (Cyber Enabled Frauds) का विशेषता र (Cyber Enabled Frauds) मार्फत प्राप्त सम्पत्तिको शुद्धीकरणमा प्रयोग गरिने पद्धतिको चर्चा गरिएको छ । साथै, प्रतिवेदनमा ती ठगीमा सामाजिक सञ्जाल र भुक्तानी प्रणालीमा रहेका विशेषताको दुरुपयोगको विषयमा समेत विश्लेषण गरिएको छ । प्रतिवेदनमा सन् २०२४ को पहिलो पाँच महिनामा प्राप्त भएका Cyber Enabled Frauds सम्बन्धी शङ्कास्पद कारोबार विवरणको विस्तृत रूपमा विश्लेषण गरिएको छ ।

उक्त विश्लेषणबाट यस प्रकारको शङ्कास्पद कारोबारमा १९–२४ वर्ष उमेर समूहका व्यक्ति र पेसामा ‘विद्यार्थी’ उल्लेख गरेका व्यक्तिहरू सबैभन्दा बढी संलग्न रहेको देखिएको छ ।

यसै गरी, अधिकांश शङ्ककास्पद खातामा त्यस्तो खाता सञ्चालन भएको तीन महिनाभित्र शङ्कास्पद कारोबार भएको पाइएको छ । साइबर प्रविधिमा आधारित ठगीका लागि मुख्य रूपमा Gift/Parcel Fraud, Social Media Impersonation, Fake Online Business Platform, OTP Fraud, Lottery Fraud लगायतका तरिकाको प्रयोग भएको पाइएको छ ।

प्रतिवेदनको निष्कर्षका आधारमा साइबर प्रविधिमा आधारित ठगी न्यूनीकरण गर्न सूचक संस्था, कानुन कार्यान्वयन गर्ने निकाय, अनुसन्धानकारी निकाय र नियामक तथा सुपरिवेक्षकीय निकायलाई आवश्यक सुझावहरू सिफारिस गरिएको छ ।

प्रतिवेदनको अनुसूचीमा सूचक संस्थाका लागि साइबर प्रविधिमा आधारित ठगी सम्बन्धी 'Red Flags' को सूची प्रस्तुत गरिनुका साथै उक्त ठगी न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय जगतमा भएका प्रयासका बारेमा समेत चर्चा गरिएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया