डिप्रोक्स लघुबित्तले माग्यो ५० जना कर्मचारी, न्युनतम योग्यता एसईई उत्तीर्ण

  • BFIS News
  • 2023 Aug Sat 21:42
डिप्रोक्स लघुबित्तले माग्यो ५० जना कर्मचारी, न्युनतम योग्यता एसईई उत्तीर्ण

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले एकै पटक ५० जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । संस्थाले कनिष्ठ कार्यक्रम सहायक पदमा ५० जना कर्मचारीका लागि आह्वान गरेको हो ।

न्युनतम एसईई उत्तीर्ण गरेका विद्यार्थीहरुले आवेदन दिन सक्नेछन् । १८ वर्ष पुरा गरि ३५ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन पाउने छन् ।

संस्थाले कुल आवेदक मध्ये केहिलाई छनोट गरि अन्तर्वातार लिखित परीक्षाका लागि बोलाउनेछ । लिखित परीक्षामा छनोट भए पछि ३०० रुपैयाँ दरखास्त शुल्क भुक्तानी गर्नुपर्नेछ । आवेदन दिन चाहनेले अनलाइनबाटै आवेदन दिन सक्ने छन् । आगामी भदौ १९ गते भित्र आवेदन दिनु पर्नेछ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया