सानिमा बैंकको २०औं साधारणसभा सम्पन्न, नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित
- BFIS News
- 2024 Nov Tue 19:02
काठमाडौं । सानिमा बैंककाे २०औं वार्षिक साधारणसभाले ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । उक्त सभा बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा मंगलबार सम्पन्न भएकाे हाे ।
साे सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको हाे।
आर्थिक बर्ष २०८०/८१ मा २.४० अर्ब रूपैयाँ खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति २३३.८६ अर्ब रूपैयाँ, कुल निक्षेप १९९.३८ अर्ब रूपैयाँ तथा खुद कर्जा सापटी १६४.९४ अर्ब रूपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः ११.४८, १०.०६ र ८.४५ प्रतिशतले बृद्धि गरेको छ ।
प्रतिक्रिया