राष्ट्रिय कृषि कम्पनीले तलब नै तोकेर माग्यो १६१ भन्दा धेरै कर्मचारी
- BFIS News
- 2024 Nov Wed 15:23
काठमाडौं । राष्ट्रिय कृषि कम्पनीले तलब नै निर्धारण गरेर १६१ भन्दा धेरै कर्मचारीको दरखास्त आह्वान गरेको छ । कम्पनीले एक जना कार्यकारी निर्देशक सहित विभिन्न पदमा कर्मचारी मागेको हो ।
कम्पनीले कार्यकारी निर्देशकको तलब मासिक एक लाख ५० हजार निर्धारण गरेको छ । त्यस्तै एक जना सञ्चालक निर्देशकको दरखास्त खुला गरिएको छ । यस पदको पनि एक लाख २५ हजार रुपैयाँ तल तोकिएको छ ।
बित्त, मार्केटिङ, प्रविधि र कृषिमा चार जना विभागीय प्रमुख माग गरिएको छ । जसको मासिक तलब एक लाख रुपैयाँ रहेको छ । कम्पनीले सञ्चालनमा ल्याउन थालेको १३ वटा शाखा कार्यालयमा प्रमुखको लागि पनि आह्वान गरेको छ । कम्पनीले मार्केटिङ तथा फिल्ड कोर्डिनेटरका लागि पनि दरखास्त खुला गरेको हो । १०० भन्दा धेरै सेल्स तथा मार्केटिङमा कर्मचारी माग गरेको छ । यसका लागि भने तलव निर्धारण गरिएको छैन ।
नेपालमा पछिल्लो समय कृषिलाई व्यवसायीकरण गर्नका लागि संस्थागत अभ्यासको सुरुवात हुन थालेको छ । मुक्तिनाथ कृषि कम्पनीले यहि काम गरेर सर्वसाधारणका लागि आइपिओ नै निष्काशन गरिसकेको छ । यसले पनि मुक्तिनाथकै मोडालिटीमा आफुलाई अगाडी बढाउन खोजेको जस्तै देखिन्छ ।
प्रतिक्रिया