Nepal Life

राष्ट्र बैंकको नाफा २२ प्रतिशतले बढ्यो, ७३ अर्ब ७६ करोड खुद आम्दानी, सरकारले ३७ अर्ब २२ करोड लैजाने

Global Ime detail Page
  • BFIS News
  • 2024 Nov Wed 20:32
राष्ट्र बैंकको नाफा २२ प्रतिशतले बढ्यो, ७३ अर्ब ७६ करोड खुद आम्दानी, सरकारले ३७ अर्ब २२ करोड लैजाने
National Life

काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा नेपाल राष्ट्र बैंकको नाफा करीब २२ प्रतिशतले बढेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आइतवार वार्षिक प्रतिवेदन बुझाउँदै गभर्नर महाप्रसाद अधिकारीले गत आवमा बैंकले ७३ अर्ब ७६ करोड २३ लाख २१ हजार रुपैयाँ खुद आय गरेको जानकारी दिएका थिए ।

NIMB

बैंकले उक्त नाफाबाट विभिन्न कोषहरूमा छुट्ट्याउनुपर्ने रकम विनियोजन गरी बाँकी बचत ३७ अर्ब २२ करोड ३८ लाख २१ हजार रुपैयाँ सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ । कात्तिक अन्तिम साता बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।

यसैगरी २०८१ असारसम्मको वित्तीय अवस्थाको विवरणअनुसार बैंकको सम्पत्ति तथा दायित्व २०८० असारको तुलनामा ३० दशमलव १५ प्रतिशतले बढेर २० खर्ब ६७ अर्ब २ करोड ४३ लाख ७८ हजार रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८०/८१ मा बैंकले ७३ अर्ब ९९ करोड ९० लाख बराबरका विभिन्न दरका ३५ करोड ३७ लाख ५० हजार थान नयाँ नोट चलनचल्तीका लागि निष्कासनमा ल्याएको छ ।

२०८१ असार मसान्तसम्ममा ६ खर्ब ९० अर्ब १५ करोड रुपैयाँ बराबरका विभिन्न दरका नोट चलनचल्तीमा रहेको जानकारी राष्ट्र बैंकले दिएको छ । गत आर्थिक वर्षसम्ममा राष्ट्र बैंकमा प्रशासनतर्फ एक हजार ७६ र प्राविधिकतर्फ ६२ गरी कुल १ हजार १३८ जना कर्मचारी कार्यरत छन् ।

बैंकले सो आर्थिक वर्षको मौद्रिक नीतिमा उल्लेख भएअनुसा सम्पत्ति शुद्धीकरण निवारणसँग सम्बन्धित व्यवस्था, लघुवित्त वित्तीय संस्थाहरूको मर्जर तथा प्राप्तिलाई प्रोत्साहनसम्बन्धी व्यवस्था, राष्ट्रिय स्तरका विकास बैंकहरूले क्यापिटल एड्युकेसी फ्रेमवर्क–२०१५ अनुसार पूँजीकोष कायम गर्नुपर्ने व्यवस्था, बैंक तथा वित्तीय संस्थाबाट हुने लगानीसम्बन्धी व्यवस्था, तोकिएका क्षेत्रमा कर्जा लगानी गर्नुपर्ने सम्बन्धी व्यवस्था र बैंक तथा वित्तीय संस्थाबाट निश्चित सीमाभन्दा बढी कर्जा/सुविधा उपयोग गर्ने ऋणीहरूले अनिवार्य रूपमा स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था कार्यान्वयनमा आएको प्रतिवेदनमा उल्लेख छ ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया