NIMB Header 2
Nepal Life

ग्लोबल आइएमई र प्राइम बैंकको लाभांश आजसम्म शेयर किन्नेले पाउने, थोरै लगानीमा नगद जुटाउने अवसर

National Life
  • BFIS News
  • 2024 Nov 21 10:51
ग्लोबल आइएमई र प्राइम बैंकको लाभांश आजसम्म शेयर किन्नेले पाउने, थोरै लगानीमा नगद जुटाउने अवसर
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकले घोषणा गरेको लाभांश आजसम्म शेयर खरिद गर्नेले प्राप्त गर्न सक्ने छन् । दुबै बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर ९ गते, आइतबार बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Shikhar
NIMB

 

ग्लोबल आइएमई बैंकले मंसिर २७ गते, बिहीबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा १८ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५.५० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, स्वतन्त्र सञ्चालक नियुक्तिको जानकारी गराउने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

प्राइम कमर्सियल बैंक लिमिटेडले मंसिर १९ गते, बुधबार, आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौँमा १७ औँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने, नियमावलीमा संशोधन गर्ने, मर्ज तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले लेखापरीक्षक पनि नियुक्त गर्नेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया