Nepal Life

दर्जन भन्दा धेरै नयाँ ब्रोकरले कारोबार सुरु गर्दै, शेयर बजारमा कस्तो प्रभाव पार्ला ?

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Sun 07:03
दर्जन भन्दा धेरै नयाँ ब्रोकरले कारोबार सुरु गर्दै, शेयर बजारमा कस्तो प्रभाव पार्ला ?
Sanima Reliance

काठमाडौं । यस सातादेखि एक दर्जन भन्दा धेरै नयाँ ब्रोकरले व्यवसाय शुभारम्भ गर्दै छन् । उनिहरुले यस सातादेखि खरिद बिक्री सुरु गर्ने भएका हुन् । नेपाल स्टक एक्सचेन्जका अनुसार अहिलेसम्म १५ वटा ब्रोकरले नेपाल स्टक एक्सचेन्जबाट कारोबारका लागि स्वीकृति प्राप्त गरिसकेका छन् । नेप्सेले उनिहरुलाई सूचिकृत गरिसकेको छ ।

NIMB

भोले गणेश सेक्युरिटिज ६१, हिमालयन ब्रोकरेज ६३, सन सक्युरिटिज ६४, शेयर प्रो सेक्युरिटिज ६५, मियो सेक्युरिटिज ६६, प्रोपर्टी मियार्ड ६७, क्यापिटल म्याक्स ६२ ले खरिद बिक्री गरिरहेका छन् । यो साता इन्फिनिटी सेक्युरिटिज ७०, शुभकामना सेक्युरिटिज ७१, मेगा स्टक ७५, इलाइट स्टक ६८, हातेमालो फाइनान्सियल सर्भिस ७२, इन्डेक्स सेक्युरिटिज ६९, कलश स्टक मार्केट ७४ र नविल सेक्युरिटिज ७७ ले यस सातादेखि कारोबार सुरु गर्ने तयारी गरेका हुन् ।

यस बाहेक यस साता अन्य एक दर्जन भन्दा धेरैले नेपाल स्टक एक्सेच्नजबाट अनुमति पाउदैछन् । नेपाल धितोपत्र बोर्डले लाइसेन्स दिए पछि नेपाल स्टक एक्सचेन्जको प्रणालीमा जोडिनु पर्छ । ब्रोकरहरुले नेपाल स्टक एक्सचेन्जको सम्पुर्ण प्रकृयाँ पुरा गरे पछि मात्रै शेयर खरिद बिक्रीको लागि अनुमति पाउछन् । यसका लागि नेप्सेले स्थलगत निरीक्षण गर्नेदेखि लिएर परीक्षण कारोबार समेत गराउछ । त्यसैले गर्दा केहि समय लाग्ने नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए ।

नेपाल धितोपत्र बोर्डका अध्यक्षले गएको सातामा मात्रै तीन चार वटा ब्रोकरको उद्घाटन गर्न भ्याए । उनले शेयर प्रो, मेगा स्टकको उद्घाटन गरेका थिए । नविलले पनि शुक्रवार उद्घाटन गरिसकेको छ ।

नेपाल धितोपत्र बोर्डले ४३ वटा कम्पनीलाई ब्रोकर लाइसेन्सका लागि आशय पत्र दिएकोमा ३७ वटालाई अनुमति नै दिइसकेको छ । धितोपत्र बोर्डले अनुमति दिदा नै सम्बन्धित ब्रोकरको भौतिक संचरना हेरेर मात्रै दिइने भएकाले नेप्लेले प्राविधिक पाटोलाई हेरे पुग्छ ।

आशयपत्र पाएका ब्रोकरले समयमा कागजपत्र पेश गर्न नसक्दा लाइसेन्स पाउने तथा नेप्सेबाट कारोबार अनुमति पाउन ढिलाइ भएको हो । कतिपय केहि काजगमात्र पेश गरेर आवेदन दिने र फलोअप नगर्दा उनिहरुले अनुमति पाउन सकेका छैनन् । यो पुर्ण रुपमा प्राविधिक काम भएकाले पनि ढिलाइ भएको बोर्ड तथा नेप्सेको भनाइ छ ।

हाल सञ्चालमा रहेका केहि ब्रोकरको कारोबार पुराना ब्रोकरको भन्दा पनि राम्रो देखिएको छ । सर्वाधिक कारोबार गर्ने नयाँ ब्रोकरहरु आफैमा हिजोका ठुला लगानीकर्ता थिए । उनिहरुले हिजोका दिनमा अरुको ब्रोकरबाट मात्रै कारोबार गर्थे भने अव आफ्नै ब्रोकरबाट खरिद बिक्री गर्न सुरु गरेका छन् । यसले गर्दा पनि नयाँ आएका केहि ब्रोकरमा कारोबार बढेको देखिएको हो ।

अहिलेसम्म भएको शेयर खरिद बिक्रीमा नयाँ लगानीकर्ता छैनन् । पुरानै लगानीकर्ताले नयाँ ब्रोकरबाट कारोबार गरेकाले शेयर बजारमा प्रभाव नदेखिएको बजार विश्लेषकहरु बताउछन् । पुरानै ठुला लगानीकर्ताले ब्रोकर कम्पनी खोल्दै ठुलो लगानी गरिसकेका छन् । त्यसमा पनि उनिहरुले नयाँ लगानीकर्ता भित्र्याउने भन्दा पनि आफ्नै वरिपरिका साथिभाइलाई प्रवेश गराएका छन् ।

यस सातादेखि नविल मेगा स्टकले कारोबार गर्दै छन् । यदि उनिहरुले बैंकिङ प्रणाली मार्फत नयाँ लगानीकर्ता भित्र्याउन सके भने बजारमा कारोबार बढ्नेछ । तर दुबैका आ-आफ्नै इन्भेष्टमेन्ट कम्पनी तथा मर्चेन्ट बैंक छन् । आफ्नै ग्रुपको कारोबारमा सिमित भए भने यसले पनि बजारमा त्यस्तो ठुलो प्रभाव पार्ने देखिदैन । त्यसैले जवसम्म नयाँ तथा पुराना ब्रोकरहरु खालि बजारमा आफ्नो व्यवसाय विस्तारमा खटिदैनन् तवसम्म बजारले गति लिन सक्दैनन । धितोपत्र बोर्डले नयाँ तथा पुराना ब्रोकरलाई व्यवसाय विस्तारका लागि निर्देशन दिन सक्नु पर्छ । बैंकका सहायक कम्पनीहरुले पनि बैंकिङ प्रणालीमा ब्रोकर सेवालाई समावेश गर्दै निक्षेपकर्ता तथा ऋणीलाई शेयर बजारमा जोड्न सक्नु पर्छ । यसका लागि केहि समय लाग्छ । साथ साथै जति धेरै नयाँ ब्रोकर थपिदै जान्छन् त्यति नै शेयर बजारको सप्लाइ धान्ने च्यानल मजबुद बन्दै जानेछ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया